चैत २९ देखी बैशाख ४ सम्म टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरिने

Halesi Khabar
0 Shares

खोटाङ, २२ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चैत २९ गतेदेखी आगामी बैशाख ४ गतेसम्म टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । टाइफाइड रोगको सक्रमण र टाइफाइडबाट हुने जटिलतालाई न्यूनिकरण गर्नका लागि टाइफाइड विरुद्धको खोप पन्द्र महिनादेखि १५ वर्षमूनिका सबै बालबालिकालाई खोप लगाउने तयारी गरेको हो ।

पन्द्र वटा वडा रहेको दिक्तेल नगरपालिकाका सम्पूणर् विद्यालय र साविकको ९ वटै गाविसमा पुगेर टाइफाइड विरुद्धको सञ्चालन गरिने भएको दिक्तेल नगरस्वास्थ्य शाखा संयोजक तिर्थराज आचार्यले जानकारी दिनुभयो । चैत्र २९ देखि बैशाख ४ गतेसम्म तथा देहव्यापीरुपमा चैत २५ देखी बैशाख १८ गतेसम्म बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने बताइएको छ ।

पन्द्र महिनादेखि २३ महिनाको बच्चालाई बाँया तिघ्राको बिच बाहिरी भागमा र २ वर्षदेखि १५ वर्षका बालबालिकालाई बाँया पाखुराको बिच बाहिरी भागमा ०.५ मिलिलिटर एक मात्रा खोप दिईनेछ । संयोजक आचार्यले भन्नुभयो, “खोप अभियानबाट जिल्लाका ५३ हजार बालबालिका लाभावन्वित हुनेछन् भने खोपको प्रभावकारिता ९६ दशमलव ९५ प्रतिशत रहेको छ ।”

शुरुमा १५ महिनादेखि १५ वर्षमूनिका बालबालिकाहरुलाई अभियानको रुपमा एक मात्र खोप दिइने भएको जनाइएको छ । उक्त खोप दिईसकेपछाडी नियमित खोपमार्फत १५ महिनाको उमेरमा १ मात्रा टाइफाइड विरुद्धको खोप सबै बालबालिकालाई निरन्तर दिइने नगरस्वास्थ्य शाखाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया