खोटाङ, २२ चैत । मुलुकभर बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछी सबैको ध्यान निर्वाचन केन्द्रित भएको छ । सत्ता गठबन्धन पाँच दल एकातिर छ भने नेकपा (एमाले) एक्लै छ । यस्तो परिस्थितीमा एमालेले एक्लै चुनाव लड्ने एकिन गरिसकेको छ । अन्य पाँच दलिय गठबन्धनले पनि चुनावी तालमेल गर्ने निणर्य गरिसकेका छन् । यही बेला खोटाङमा पनि विव्यसको चुनावले एक खाले नतिजा देखाएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्कस्थित पञ्चकन्या माध्यामिक विद्यालयमा विद्यालय ब्यवस्थापन समितिमा गणेशबहादुर कार्कीको प्यानल विजयी भएको छ ।गठबन्धनबाट उम्मेद्वार पर्शु राईले चुनाव चिन्ह भालेमा ७४ मत र तिर्थ भट्टराईले चुनाव चिन्ह रेडियोमा ७३ मत ल्याएका थिए । एमालेबाट उम्मेद्वार कार्किको चुनाव चिन्ह किताबमा ८६ मत र डोरकाजी खत्री चुनाव चिन्ह चरोमा ८५ मतसहित खुल्लातर्फबाट एमाले विजयी भएको हो ।
त्यस्तै , महिला तर्फ गठन्धनबाट सरस्वति श्रेष्ठले चुनाव चिन्ह झोलामा ६० मत ल्याउनुभएको थियो भने सर्मिला विश्वकर्माले गमला चुनाव चिन्हमा ७१ मतसहित पराजित हुनुभएको हो । महिला तर्फबाट नै एमालेका उम्मेद्वार बल चिन्हमा मन्दिरा विश्वकर्माले ९१ मत ल्याउनुभएको थियो भने चन्द्रकला भुजेलले स्याउ चिन्हमा ९४ मतल्याएर नेकपा (एमाले) को प्यानल नै विजयी भएको हो ।
चुनावको मुखमा गठबन्धनको लज्जास्पद हार हुनुले आगामि स्थानीय तहको निर्वाचनमा पनि गठवन्धन फलिफाप नहुने देखीएको छ । वडा तह सम्म नै गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा गए किन गठबन्धनलाई भोट दिने बरु एमालेलाई दिए राम्रो हुन्छ भन्नेतर्फ जनाता पुगि सकेका छन् । त्यसैले दलहरु अपबित्र गठबन्धन गर्नु भन्दा आ-आफ्नो अस्तीत्व जोगाउन एकल चुनावमा जानु उपयुत्त देखिन्छ ।