काठमाडौं – ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष खड्गबहादुर कार्की एमालेमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्र ओखलढुंगाका प्रभावशाली नेताका रूपमा रहेका कार्की सहित चम्पादेवीमा एक दर्जन माओवादी कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।
२०४९ सालको स्थानीय निकायको निर्वाचनमा साबिक फूलबारी गाविसका उपाध्यक्ष र २०५४ सालमा अध्यक्ष पदमा नेकपा एमालेको तर्फबाट विजयी भएका कार्की विकास प्रेमी नेताका रूपमा परिचित छन् ।
उनी एमाले प्रवेश गरेसँगै यो पटक कांग्रेसले आफ्नो विरासतका रूपमा लिएको चम्पादेवीमा एमालेको जित सुनिश्चित भएको एमाले नेताहरूले बताउने गरेका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेर १९३९ मत प्राप्त गरेका कार्कीलाई नेकपा एमालेका नेताहरूले स्वागत गरेका थिए ।
चम्पादेवीमा नेकपा विभाजन पछिको समयमा माओवादी केन्द्रबाट निर्वाचित वडा नं ६ का वडा अध्यक्ष सहित ठूलो संख्यामा पूर्व माओवादीहरू कित्ता क्लियर गर्दै एमालेमा लागेका थिए ।
ओखलढुंगामा माओवादीका गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश
Halesi Khabar
0
Shares
तपाईको प्रतिक्रिया
- १. कम्प्युटर एसोसियशन महासङ्घ नेपाल (क्यान) खोटाङको अध्यक्षमा कुमार बजिमय
- २. फागुन–१५ गतेबाट दिक्तेल बजारमा तीन दिने ‘राष्ट्रिय बाँस सम्मेलन’ सञ्चालन हुने
- ३. आकाशको पानी शुद्धीकरण गरेर विद्यालयमा खानेपानीको व्यवस्था
- ४. पक्की पुल बाढीले बगाएपछि फोक्सिङटारमा अस्यायी बेलिब्रिज जडान गर्न ठेक्का आव्हान
- ५. पाठेघर खस्ने समस्या भएका १९ जना महिलाको निःशुल्क शल्यक्रिया
- ६. ‘मेरो गोल, लैङ्गिक हिङ्साविरुद्धको बोल’ महिला फुटबल प्रतियोगितामा हलेसी च्याम्पियन