जनप्रतिनिधि हुन् त यस्तो जसले आचारसंहिता लागू भएको दिनदेखी सरकारी गाडी फिर्ता गरे

Halesi Khabar
0 Shares

खोटाङ, खोटाङको ऐसेलुखर्क गाउँपालिकाका जनप्रतिनिधिहरुले आफूले चड्दै आएको सवारी साधन फिर्ता गरेका छन् । गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेलले सरकारी सवारी साधन फिर्ता गरेका हुन् ।

अध्यक्षले चड्दै आएको बा २ झ ३४९६ नम्बरको स्कारपियो र उपाध्यक्ष भुजेले चड्दै आएको बा २ झ ४३९४ नम्बरको बोलेरो जीपको चाँबी शुक्रबार भएको बिशेष गाउँसभामा गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवलाई हस्तान्तरण गरिएको छ।

गाउँपालिका अध्यक्ष निरौलाले गाडीको चाँबी प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मा दिए लगत्तै उपाध्यक्ष भुजेलले पनि गाडीको चाँबी हस्तान्तरण गरेकी थिईन् । यस्तै, ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका वडाध्यक्ष राजेशकुमार राजभण्डारीले पनि आफूले चढ्दै आएको बाईक फिर्ता गरेका छन् । उनले अनौपचारिक रुपमा बाईकको चाँबी प्रमुख प्रशासकीय अधिकृतलाई बुझाएका हुन् ।

जनताले दिएको जिम्मेवारी छिटो गर्नका लागि सरकारी गाडी प्रयोग गरिएको र चुनाव नजिक आईरहेको हुंदा जनताले दिएको नासो जनतालाई नै फिर्ता गर्ने उद्देश्यले गाडी फिर्ता गरिएको अध्यक्ष निरौलाले बताए ।

सरकारले स्थानीय चुनाव घोषणा गरिसकेको छ, चुनाव आउन धेरै छैन, आचारसंहिता लागू भएको अवस्था छ । सरकारी गाडी चढेर हिड्न उपयुक्त हुदैन अध्यक्ष निरौलाले भने, ‘चुनाव आईरहेको बेलामा पालिकाकै काम गर्दा पनि सेतो प्लेटको गाडी चढ्दाखेरी चुनावी दौडानमा हिड्यो भनेर आक्षेप लगाउने र कुरा काट्ने अवस्था हुने भएकाले मार्ग प्रशस्त गर्न तथा लोभलाल्चा नगर्न गाडी फिर्ता गरेका हौं’

 

तपाईको प्रतिक्रिया