खोटाङ, ११ वैशाख । नेपाली कांग्रेस जिल्ला कार्य समिती खोटाङका पूर्व कोषध्यक्ष प्रभावशाली नेता जीवन राई नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । आसन्न स्थानीय तह निर्वाचनको मुखमा नेपाली कांग्रेस खोटाङका पूर्व कोषाध्यक्ष एवम् वर्तमान जिल्ला कार्य समिती सदस्यसमेत रहनुभएका राईसहित दुई सय बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको हो ।
शुक्रबार जिल्लास्थित बराहपोखरी गाउँपालिका कमिटी धर्तुङद्धारा आयोजित कार्यक्रममा नेकपा (एमाले) का प्रमुख सचेतक एवम् एमाले खोटाङ जिल्ला इन्चार्ज विशाल भट्टराई, केन्द्रीय सदस्य उषाकला राई, पार्टी अध्यक्ष रामप्रसाद दंगालले नवप्रवेशीहरुलाई अविर र खादा लगाई पार्टी प्रवेश गराउनुभएको हो । राई विगत २७ वर्षदेखी नेपाली कांग्रेसमा सक्रियरुपमा राजनीतिमा होमिनु भएको थियो ।
कार्यक्रमा कम्युनिष्ट पार्टी स्थापनाको ७४ औ वर्षगाठको अवसरमा तीन जनलाई सम्मान गरिएको छ ।
स्थापनाको ७४ औ वर्षगाठको अवसरमा देवीप्रसाद रेग्मी, गणेस कोइराला र डुन्ड बहादुर मगरलाई सम्मान गरिएको नेकपा (एमाले) का प्रमुख सचेतक एवम् खोटाङ जिल्ला इन्चार्ज भट्टराईले हलेसी खबरलाई जानकारी दिनुभयो ।