खोटाङ, १२ वैशाख । खोटाङको ऐसेलुखर्क गाउँपालिकाको अध्यक्षमा दुई स्वतन्त्रसहित छ जनाको उम्मेद्वारी दर्ता भएको छ। उपाध्यक्षमा तीन जनाको उम्मेद्वारी दर्ता भएको छ। गठबन्धन दलकोतर्फबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका श्रीबहादुर राई, एमालेबाट गिरेन्द्रबहादुर राई र राप्रपाकातर्फबाट बिष्णु निरौलाको मनोनयन दर्ता भएको छ।
यस्तै, कांग्रेसका सन्तवीर तामाङ र खगेन्द्र वनको स्वतन्त्र उम्मेद्वारी दर्ता भएको ऐसेलुखर्क गाउँपालिकाका निर्वाचन अधिकृत रामाकान्त यादवले बताए। कांग्रेसका सन्तवीर तामाङ सो गाउँपालिकाका सभापति हुन्।
उपाध्यक्षमा गठबन्धनकोतर्फबाट राजेश राजभण्डारी, एमालेकातर्फबाट पुष्पकला भुजेल र राप्रपाकोतर्फबाट डोल्मा राजभण्डारीको मनोनयन दर्ता भएको छ।
निर्वाचन अधिकृतको कार्यालयमा ७ वडाध्यक्षका लागि २४ जना, महिला सदस्यका लागि १९ जना, दलित महिला सदस्यका लागि १८ जना र खुला वडासदस्यका लागि ३८ जनाको उम्मेद्वारी दर्ता भएको छ।