एमाले दिक्तेल नगर कमिटिको यस्तो छ निर्वाचन लक्षित कार्यतालिका

Halesi Khabar
0 Shares

खोटाङ,१५ वैशाख । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले ) जिल्ला कमिटी खोटाङले मनोनयन दर्ता पश्चात निर्वाचनका लागि गाउँगाउँमा गएर आफ्नो गतिविधिहरु अगाढी बढाएको छ । आफ्नो जित सूनिस्चित गर्न नेकपा (एमालेका) तर्फबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर पदका उमेद्वार कुमार आचार्य र उपमेयर पदका उमेद्वार वीणादेवि राईको टिमले कार्यक्रम तालिका बनाएर नगरका १५ वटै वडामा समय र स्थान तोक्दै चुनावीसभा कार्यक्रम गर्ने तयारी गरेका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पास्थित वडा कार्यालयको प्राङ्गणमा वैशाख १६ गते दिउँसो मध्यान्ह १२ बजे कार्यक्रम तय गरेको छ । १७ वैशाखमा वडा-५ लफ्याङस्थित मेघे चौतारामा, १८ वैशाखमा वडा-१० पाथेकास्थित वडा कार्यालयको प्राङ्गणमा, वैशाख १९ गते वडा-११ खार्मीस्थित कालिका माध्यामिक विद्यालयमा, २० वैशाखमा वडा -१२ जालपास्थित वडा कार्यालयको प्राङ्गणमा, २१ वैशाखमा वडा-१३ नुनथलास्थित जालपा माध्यामिक विद्यालयमा, २२ वैशाखमा वडा -१५ विजयखर्कस्थित वडा कार्यालयको प्राङ्गणमा र २३ वैशाखमा वडा-१४ वुइपास्थित पञ्चदोबाटोमा मध्यान्ह दिउँसो १२ बजे चुनावी सभा गर्ने भएको नेकपा (एमाले) निर्वाचन प्रचार-प्रसार समितिको कार्यालयले जानकारी दिएको छ ।

यस्तै, चौबिस वैशाखमा वडा -८ बुवालुङस्थित वडा कार्यालयको प्राङ्गणमा विहान ८ बजे र सोही दिन दिउँसो २ बजे वडा-७ दोर्पास्थित पिप्लेमा कार्यक्रमको तय गरिएको जनाइएको छ । २५ वैशाखमा वडा -२ सोल्मास्थित साकेला थानमा विहान ८ बजे, २५ वैशाखमा वडा-४ खाल्लेस्थित मनमायाँ राई खानिडाँडा विमानस्थलमा दिउँसो २ बजे, २६ वैशाखमा वडा -१ दिक्तेलस्थित आचार्य गाउँ बसपार्कमा विहान ८ बजे र सोही दिन दिउँसो तीन बजे वडा -३ बाम्राङ स्थित सावित्रा माध्यामिक विद्यालयमा र २७ वैशाखमा वडा-९ निर्मलीडाँडा स्थित वडा कार्यालयको प्राङ्गणमा कार्यक्रम तय भएको (एमाले) निर्वाचन प्रचार-प्रसार समितिको कार्यालय दिक्तेलले बताएको छ ।

तपाईको प्रतिक्रिया