खोटाङ, चुनाबको मुखमा एमाले प्रबेश गर्नेको लहर चलेको छ । आज खोटाङको बाम्राङमा भएको उम्मेद्धार सार्वजनिक कार्यक्रममा अन्य पार्टीबाट ५५ जना एमाले प्रबेश गरेका छन् । राप्रपा जिल्ला सदस्य गौरी भट्टराई र क्षेत्रीय सभापति रामचन्द्र भट्टराईको नेतृत्वमा कुमार भट्टराई, सन्तोष भट्टराई, उद्धब भट्टराई, भगत राई, ईन्द्र बहादुर राई, रत्न कुमार भट्टराई, दिपक कार्की लगाएत ४५ जना एमाले प्रबेश गरेका हुन् ।
यस्तै कार्यक्रममा कांग्रेस र माओबादीबाट पनि १० जना एमाले प्रबेश गरेको एमाले प्रदेश कमिटी सदस्य देवान राईले बताउनु भयो ।
सम्पर्क कार्यालय उद्धघाटन, उम्मेद्धार सार्बजनीक तथा प्रतिबद्धता पत्र सार्वजनिक गर्दै बाम्राङबाट जितको घोषणा गरेर एमालेले चुनाबी अभियान सुरु गरेको दिक्तेल नगर कमिटी चुनाव प्रचार प्रसार समिति संयोजक देबविक्रम राईले बताउनु भयो ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराई, प्रदेश कमिटी सचिवालय सदस्य पिके राई, प्रदेश कमिटी सदस्य देवान राई, जिल्ला उपाध्यक्ष देबविक्रम राई, मेयरका उम्मेद्धार कुमार आचार्य, उपमेयरका उम्मेद्धार विणादेबी राई, वडा अध्यक्षका उम्मेद्धार महेन्द्रबहादुर राई लगाएतले जितको शुभकामना मन्तब्य राख्नु भएको थियो ।