कसैलाई पदमा पु¥याउन चुनावी तालमेल गरिएको होइन : टङ्क राई

Halesi Khabar
0 Shares

खोटाङ, २१ वैशाख । नेकपा (माओवादी केन्द्र) केन्द्रीय अनुशासन आयोगका प्रमुख टङ्क राईले वर्तमान सत्ता गठबन्धनमा आवद्ध बाम–लोकतान्त्रिक शक्तिबीचको चुनावी तालमेल कसैलाई पदमा पु¥याउन नभइ प्राप्त उपलब्धीलाई रक्षा गर्न भएको बताउनुभएको छ । सत्ता गठबन्धनमा आवद्ध खोटाङका चार राजनीतिक दलले बुधबार दिक्तेलमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै पूर्व सांसदसमेत रहनुभएका प्रमुख राईले यो गठबन्धन शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन वा अमुक व्यक्तिलाई नगर प्रमुख÷उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष बनाउन नभइ प्राप्त उपलब्धी रक्षा गर्नका लागि चुनावी तालमेल भएको दाबी गर्नुभयो ।

देशी÷विदेशी शक्तिले नेपाललाई अस्थीर, कमजोर र असफल राष्ट्र तुल्याउन गरिरहेको षडयन्त्रका विरुद्धमा बाम–लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्ने आजको ऐतिहासिक आवश्यकता भएको जानकारी दिनुहुँदै प्रमुख राईले केपी ओली र एमालेको विरुद्धमा समेत आफूहरु नरहेको बताउनुभयो । “हामी केपी ओली र एमाले विरुद्ध गठबन्धन गरिरहेका छैनौँ । एउटा व्यक्तिका विरुद्ध यत्रो गठबन्धन बनाएर लाग्न जरुरी छैन । केपी ओलीलाई मोहरा बनाएर हाम्रो मुलुकलाई अस्थीर बनाउन, संविधानलाई कार्यान्वयन हुन नदिन, प्रतिगमन गर्न र मुलुकलाई तहसनहस बनाउन पछाडिबाट ठूलठूला प्रतिगमनकारी शक्तिहरु लागिपरेका छन्”, प्रमुख राईले भन्नुभयो, “त्यसैले हामी ओली वा एमाले बिरुद्धमा मोर्चा बनाइरहेका छैनौँ । जनविरोधी, देश बिरोधी र मुलुकलाई असफल बनाउन उद्यत देशी÷विदेशी प्रतिगमनकारी शक्तिका विरुद्ध चुनावी गठबन्धन बनाइएको हो ।”

अनुशासन आयोगका प्रमुख राईले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्तासाफ हुने छनक देखेर एमालेले विक्षिप्त अवस्थामा राप्रपा नेपाल र परिवार दल लगायतसँग गठबन्धन गर्ने निर्णय गरेको दावी गर्नुभयो । “मुलुकमा कुनै पनि आन्दोलन सफल हुनुमा बाम र लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिएको ऐतिहासिक शिक्षाबाट वर्तमान गठबन्धन बनेको हो”, उहाँले भन्नुभयो, “कुनै पनि आन्दोलन सफल हुनुमा बाम र लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिएको छ । यो ऐतिहासिक शिक्षा हो । यो हाम्रो नेपाली जनआन्दोलनको इतिहासले स्थापित गरेको चरित्र हो । नेपालको जनआन्दोलनको चरित्र पनि बाम–लोकतान्त्रिक शक्तिहरुको संयुक्त थियो ।”

स्थानीय तहको निर्वाचन सफल बनाउनुन गृह जिल्ला खोटाङ आउनुभएका प्रमुख राईले लोकतान्त्रिक र बाम शक्ति एक ठाउँमा नउभिएसम्म मुलुकमा कुनै पनि किसिमको परिवर्तन हुन नसकेको स्मरणसमेत गराउनुभयो । दिक्तेलस्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रमुख राईले केन्द्रीय निर्देशनलाई बेवास्ता गर्ने नेता तथा कार्यकर्तालाई कारवाही गर्ने चेतावनीसमेत दिनुभयो ।

चार दलले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य सरस्वती बजिमयले आसन्न निर्वाचनलाई सफल बनाउन सबै दल तथा नेताहरु इमान्दार भएर लागिपर्नुपर्नेमा जोड दिनुभयो । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जिल्ला सह–इन्चार्ज समिता कार्की ‘अस्मिता’ले नेकपा एमालेका नेता तथा कार्यकर्ताले निर्वाचन आचारसंहिता उलङ्घन गरिरहेकाले संलग्नलाई कडा कारवाही गर्न प्रहरी प्रशासन समक्ष आग्रह गर्नुभयो ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सुर्य राईले गठबन्धनप्रति सबै जिम्मेवार भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । काँग्रेसका युवा नेता सुवाशकुमार पोखरेलले राजनीतिलाई विरोधी क्रियाकलापमा नभइ मित्रवत ढङ्गबाट अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका जिल्ला सचिव राजन आचार्यले चुनावी तालमेल भएका ठाउँमा मतदाता शिक्षा आवश्यक रहेको बताउनुभयो । पत्रकार सम्मेलनमा सहभागी नेताहरुले गठबन्धनमा आवद्ध दलहरुबीच भएको चुनावी तालमेललाई सफल बनाउन तल्लो तहका नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरेका छन् ।

तपाईको प्रतिक्रिया