खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका -३ बाम्राङमा नेकपा एमालेको प्यानल विजयी भएको छ । नेकपा एमालेका वडा अध्यक्षका उम्मेवदार महेन्द्र राईले ४५९ मत ल्याएर विजय हासिल गर्नुभएको हो ।
गठबन्धन तर्फका नेपाली कांग्रेसका राजेन्द्र राई र माओवादी तर्फका जमानसेर राई (युगसन) लाई पछि पार्दै महेन्द्र राई वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
राजेन्द्र राइले ३५३ मत र जमानसेर राईले ३५० मत प्राप्त गरेका थिए । महिला सदस्यमा भने नेपाली कांग्रेस तर्फबाट र अन्य सदस्य एमालेबाट विजय भएका छन् ।