खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा-४ बतासेमा एमालेले अग्रता लिएको छ । ५०० मत गणना हुँदा एमालेका गाउँपालिका अध्यक्ष उम्मेदवार लोकेन्द्र राईले २७८, उपाध्यक्ष पदका उम्मेदवार अरुणा थापा मगरले २३०, कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार नइन्द्र राईले ४२, उपाध्यक्षका उम्मेदवार रमा कट्वालले ७३, माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गोपालचन्द्र राईले १३१ र उपाध्यक्षका उम्मेदवार नैनकुमारी खत्रीले ६३ मत ल्याएका छन् ।
त्यस्तै वडामा पनि नेकपा एमाले अगाडि देखिएको छ ।एमालेका वडा अध्यक्षका उम्मेदवार बबेन्द्र राईले २१६ मत ल्याएका छन् भने स्वतन्त्र पदका उम्मेदवार राजेन्द्र राईले १२० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार राजदेश राईले ५४ र माओवादीका अध्यक्ष उम्मेदवार बिनोद राईले ३३ मत ल्याएका छन् ।
दिप्रुङमा गत शुक्रबार राती १ः२० बजेदेखि मत गणना सुरु गरिएको हो । दिप्रुङमा १३ हजार ४३१ मतदातामध्ये ७ हजार ८०८ मत खसेको निर्वाचन अधिकृतको कार्यालय दिप्रुङले जनाएको छ ।