खोटाङ, नेपाली कांग्रेस खोटाङको क्षेत्रीय सभापति(ख)का सभापति दिनेश कुमार घिमिरे वडाध्यक्षमा विजयी भएका छन्। स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत गत बैशाख ३० गते भएको निर्वाचनबाट घिमिरे लफ्याङको वडाध्यक्षमा विजयी भएका हुन्।
स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत सोमबार मध्यान्ह सम्पन्न वडाको अन्तिम मतगणना अनुसार घिमिरेले ३६५ मत ल्याएर विजयी हाँसिल गरेका हुन् । उनको प्यानलनै विजयी भएको छ।
यस्तै, वडाध्यक्षका प्रत्यासी एमालेका गोबिन्द कट्वालले २७३, नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईले २५५, माओवादी केन्द्रका प्रेम कटुवालले १८५, जनता समाजवादी पार्टीका भुपराज राईले २७६ र राप्रपका इन्द्र राईले १४ मत पाएका छन्।