दिप्रुङमा एमालेकाे अग्रता, छितापोखरिमा मिलन राईको प्यानल बिजयी

Halesi Khabar
0 Shares

खोटाङ /खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा नेकपा एमाले अगाडि देखिएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिमाण हेर्दा कांग्रेसलाई पछि पार्दै नेकपा एमाले अगाडि देखिएको हो ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका-६ छितापोखरिमा नेकपा एमालेका उम्मेदवार मिलन राई सहित प्यानल नै निर्वाचित भएका हुन् । राईले ४३५ मत ल्याएर उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका उम्मेदवार राजेस थापालाई २४६ मतले पछि पार्दै बिजयी भएको हो । ७४ सालको स्थानीयतह निर्वाचनमा वडा अध्यक्ष समालेका राई पुर्ण वडामा दोस्रो पटक दोहोरिएको हो ।

एमालेले चारै जना सदस्यहरु पनि जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, खुल्ला महिला सदस्यमा स्वश्तिका भुजेलले ४३५, दलित महिला सदस्य सुनिता खाति ४०४, खुल्ला सदस्य धुर्व खड्का ४१०, खुल्ला सदस्य श्याम कुमार तामाङले ४२५ मत प्राप्त गरेर बिजय भएका हुन् ।

यस्तै, गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष पदमा नेकपा एमालेको अग्रता कायमै रहेको छ । ६ वडाको मत गणना हुँदा नेकपा एमाले अध्यक्षका उम्मेदवार लोकेन्द्र राईले २३९५,उपाध्यक्ष अरुणा थापा मगर २१४८, नेपाली काग्रेसका उम्मेदवार नइन्द्र राई १७४१,उपाध्यक्ष रमा कटुवालको१७२४, माओवादी केन्द्रका उम्मेदवार अध्यक्ष गोपालचन्द्र राईले १७२४,उपाध्यक्ष नैनकुमारी खत्रीले १३४५ मत प्राप्त गरेको निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया