खाेटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गाउँपालिका अध्यक्षमा र उपाध्यक्ष नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार नइन्द्र राईलाई हराउदै गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र राई विजयी भएका हुन् ।
गाउँपालिका अध्यक्षमा निर्वाचित लोकेन्द्रले २८०३ मत पाएका छन्, भने नइन्द्रले २१६२ मत पाएका छन् यता माओवादीका अध्यक्षका उम्मेदवार गोपालचन्द्र राईले २०९३ मत पाएका छन् ।
उपाध्यक्षमा एमालेकी उम्मेदवार अरुणा थापामगर विजयी भएकी छन् । थापामगरले २७३३, कांग्रेसेकी उम्मेदवार रमा कटुवालले २३१२ मत र माओवादीकी नैनकुमारी खत्रीले १७०६ मत ल्याएका छन् । गाउँपालिका अध्यक्ष : लोकेन्द्र राइ (एमाले)
गाउँपालिका उपाध्यक्ष : अरुणा थापामगर (एमाले)
१ नम्बर वडाध्यक्ष केशव खत्री (कांग्रेस)
२ नम्बर वडाध्यक्ष बद्री कटुवाल (कांग्रेस)
३ नम्बर वडाध्यक्ष भुपेन्द्र बस्नेत (एमाले)
४ नम्बर वडाध्यक्ष बबेन्द्र राई (एमाले)
५ नम्बर वडाध्यक्ष डम्बर बहादुर खड्का (कांग्रेस)
६ नम्बर वडाध्यक्ष मिलन राई (एमाले)
७ नम्बर वडाध्यक्ष गन्धमान थापा मगर (एमाले)