खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका स्थानीय तहको निर्वाचन २०७९ का लागि सर्वाधिक चर्चित बन्न पुग्यो । संयोग पनि यस्तो थियो की उक्त गाउँपालिका खोटाङ जिल्लाका शीर्ष चार दलका पार्टी अध्यक्ष सभापतिको गृहपालिका थियो ।
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एमालेले वहुमत सदस्य सहित जित हासिल गरेको छ । हालै सम्पन्न स्थानिय तहको मत परिणाम अनुसार तिन पार्टीका अध्यक्षलाई पछि पार्दै एमाले अध्यक्ष रामप्रसाद दंगालले वहुमत सदस्य कार्यपालिका निर्वाचित गराएर आफ्नो बहादुरीता देखाएका छन् ।
तिन गते सम्पन्न मत गणनामा नेकपा एमालेका उम्मेद्धार लोकेन्द्र राईको सिङगो टिमलाई भारि बहुमतले विजयी गराई अध्यक्ष दंगालले आफ्नो शिर उच्च पारेका छन् । नेपाली कांग्रेस प्रदेश नं १ का महामन्त्री भुपेन्द्र राई, जिल्ला सभापती विष्णुकुमार राई, नेकपा माओबादीका अध्यक्ष दिपक पाण्डे, जसपा अध्यक्ष टंकबहादुर थापालाई पछि पार्दै अध्यक्ष दंगालले एमालेमय पालिका बनाउदा कांग्रेसमा हानाहान तथा सामाजिक सञ्जालमा घोचपेच समेत भएको छ ।
७ वडा रहेको गाउँपालिमा विष्णु राईको वडा छोरम्बुमा एमालेको वडा अध्यक्ष उम्मेद्धार भुपेन्द्र बस्नेतको प्यानललेनै भारि मतका साथ जित हात पार्नुले पनि राई माथि गालिको बर्षा ओईरिएको छ । अध्यक्ष दंगालले अरु अध्यक्षका वडामा मात्र जित हात पारेनन् आफ्नो वडा वतासेलार्ई पनि एमालेको किल्ला बनाएका छन् ।
एमालेका वडा अध्यक्षका उम्मेद्धार बवेन्द्र राईको प्यानलले नै जित्यो । अध्यक्षमा त दंगालको वडामा एमालेलाई भारि मत बढी आएको छ । बतासेमा एमालेका उम्मेद्धार राईको ७०८ मत आयो भने कांग्रेसबाट अध्यक्षका उम्मेद्धार नयन्द्र राईको ११२ मत र माओबादीबाट अध्यक्षका उम्मेद्धार बनेका गोपाल चन्द्र राईको ३७४ मत आएको छ । दिपक पाण्डेको वडामा दुई वडा सदस्य एमालेले जित्यो भने माओबादी निल भयो । चार सदस्य टेम्ममा जितेको माओबादीले पालिकाभर कुनै वडामा जित हात पार्न सकेन ।
यता जसपाका अध्यक्ष टंक थापाको वडामा अघोशित गठबन्धन गरेरे थापाले वडा सदस्य जित हासिल गरेको एमालेको आरोप छ । जसपाले एक सदस्य भन्दा अरु जित्न सकेन । बरु पालिकामा हार ब्यहोरे पनि नेपाली कांग्रेस प्रदेश नं १ का महामन्त्री भुपेन्द्र राईले भने आफ्नो वडामा प्यानलै विजयी गराएका छन् । यस कारण पनि अध्यक्ष दंगाल आफु रहेको पालिका जिताएर दिप्रुङलाई एमालेको किल्ला बनाएर सफल अध्यक्ष सावित भएका छन् ।
यस्तो छ दिप्रुङ चुइचुम्मा गाउँपालिकाको मत परिणाम
गाउँपालिका अध्यक्षमा निर्वाचित लोकेन्द्र राईले २८०३ मत पाएका छन्, भने नइन्द्रले २१६२ मत पाएका छन् यता माओवादीका अध्यक्षका उम्मेदवार गोपालचन्द्र राईले २०९३ मत पाएका छन् । उपाध्यक्षमा एमालेकी उम्मेदवार अरुणा थापामगरले २७३३, कांग्रेसेकी उम्मेदवार रमा कटुवालले २३१२ मत र माओवादीकी नैनकुमारी खत्रीले १७०६ मत ल्याएका छन् ।
गाउँपालिका अध्यक्ष ः लोकेन्द्र राइ (एमाले)
गाउँपालिका उपाध्यक्ष ः अरुणा थापामगर (एमाले)
१ नम्बर वडाध्यक्ष केशव खत्री (कांग्रेस)
२ नम्बर वडाध्यक्ष बद्री कटुवाल (कांग्रेस)
३ नम्बर वडाध्यक्ष भुपेन्द्र बस्नेत (एमाले)
४ नम्बर वडाध्यक्ष बबेन्द्र राई (एमाले)
५ नम्बर वडाध्यक्ष डम्बर बहादुर खड्का (कांग्रेस)
६ नम्बर वडाध्यक्ष मिलन राई (एमाले)
७ नम्बर वडाध्यक्ष गन्धमान थापा मगर (एमाले)