खाेटाङ, खाेटाङकाे दिप्रुङ चुइचुम्मा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष लोकेन्द्र राईले बिद्यालयका कक्षाकाेठ धुलाेरहित बनाउने पहिलाे निर्णय गरेर कार्यभार सुरू गरेका छन् ।
गाउँपालिकाको कार्यालयले आयोजना गरेको पदवहाली तथा स्वागत कार्यक्रममा राईले गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयका कक्षा कोठा धुलोरहित बनाउने निर्णय गरेर आफ्नो पाचँ बर्षे कार्यकाल सुरू गरेका हुन् । शिक्षा नै सबैको जीवनको आधार भएको भन्दै राईले आफ्नो कार्यकालभित्र सुधारिएको र सवल शिक्षा क्षेत्र बनाउने बताएका छन्। विद्यालयको कक्षा कोठामा धुलो र फोहोर हुँदा विद्यार्थीको स्वास्थ्यमा हानी त छ नै विद्यार्थीलाई पढ्ने वातावरण समेत प्रतिकुल हुन्न, त्यसकारण पालिकाका सबै विद्यालयका कक्षाकोठामा अब धुलो हुन हुन्न। तत्काल सिमेन्टेट गर्छौ, राईले भने।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट राई अत्याधिक मतका साथ पालिका अध्यक्षमा निर्वाचित भएका थिए।
नवनिर्वाचित अध्यक्ष उपाध्यक्षले आज पदवाहली गरेका हुन्। राईकाे नेतृत्वमा बहुमत सदस्य कार्यपालिका एमालेकाे बन्नेछ ।