काठमाडौं, १६ जेष्ठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बालेन्द्र साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निणर्य गर्नुभएको छ। सुन्धारामा रहेको महानगरको कार्यालयमा पदभार ग्रहण गर्दै उनले दिउँसो ४ बजे कार्यपालिका बैठक बोलाउने र बैठक लाइभ गर्ने निणर्य गर्नुभएको हो ।
पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उहाँले आफूले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम सुरु गर्ने बताउनुभएको छ । ‘हामीले गरेको पापको भोगी उहाँहरु हुनु भएको छ । उहाँले भन्नुभयो, “हाम्रो फोहोरले गर्दा सिसडोलवासी क्यान्सर पीडित हुनु भएको छ, छालाको रोग भएको छ । त्यत्रो मान्छे मरिरहनु भएको छ । यो शोक मनाउने बेला हो ।” त्यस्तै, नगर उपप्रमुख सुनिता डंगोलले पनि पदभार ग्रहण गरेकी छिन्।