खोटाङ, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँकार्यपालिकामा एमालेको प्यानल विजयी भएका छन् । आज भएको निर्वाचनमा एमालेको ६ जना उम्मेदवार विजयी भएका हुन् ।
निर्वाचन परिणाम अनुसार अल्पसंख्यकमा वडा नं ४ वतासेका सुव्बा माझि, दलित महिला सदस्यमा वडा नं १ याम्खाका कला परियार, निर्वाचित महिलाबाट वडा नं ४ बतासेका निर्मला श्रेष्ठ(मकाजु), वडा नं ५ सप्तेश्वर छितापोखरीबाट विमला परियार, वडा नं ६ छितापोखरीबाट स्वस्तीका भुजेल र वडा नं ३ छोरम्वुबाट कुष्णकुमारी राई निर्वाचित भएका छन् ।
बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ३७ जनप्रतिनिधि निर्वाचित भएका थिए । निर्वाचित प्रतिनिधिले आज कार्यपालिकामा मतदान गरेका थिए । मतदानमा एमालेको पक्षमा २० मत खसेको थियो भने गठवन्धनको पक्षमा १६ मत खसेको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनु भयो । एक मत भने बदर भएको छ ।