काठमाडौं : नेकपा एमालेका सांसद भीम रावलले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा अंग्रेजी शब्दको प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन्।
संसदमा रावलले संविधान विपरीत अंग्रेजी शब्दको प्रयोग किन गर्नुभयो भन्दै प्रश्न गरे। उनले भने, ‘संविधानको धारा ७ विपरित २२० ठाउँमा अंग्रेजी शब्दको प्रयोग किन गर्नुभयो?’
एमसीसी सम्झौतापत्रसंगको व्याख्यात्मक पत्र खोइ भन्दै प्रश्न गरे। उनले भने, ‘के एमसीए नेपाल खारेज भएको हो?’
२०५८ मा देउवाजीले संसद् विघटन गर्दा सरकार कसलाई हस्तान्तरण गर्नुभयो ?
नेकपा एमालेका सचिव योगेश कुमार भट्टराईले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २०५८ सालमा संसद विघटन गर्दा सरकार र सत्ता कसलाई बुझाउनुभयो भन्दै प्रश्न गर्नुभएको छ ।
मंगलबार बजेटमाथिको छलफल कार्यक्रममा सहभागि हुँदै उहाँले भन्नुभयो, ‘२०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले संसद विघटन गर्नुभयो । सर्वोच्चले संसद पुनस्र्थापित गरिदिएपछि मनमोहनजीले सरकार शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री बनाएर हस्तान्तरण गर्नुभयो । किन भने देउवा नेपाली कांग्रेसको नेता हो ।’ उहाँले थप्नुभयो, ‘अस्ति केपी शर्मा ओलीज्यूले संसद विघटन गर्दा पनि देउवाज्यूलाई नै हस्तान्तरण गर्नुभयो । तर, २०५८ सालमा देउवाले संसद विघटन गर्दा उहाँले कसलाई सरकार र सत्ता हस्तान्तरण गर्नुभयो ?
एमाले अध्यक्ष ओलीले गरेको संसद विघटनको कुरा हरेकपल्ट सदनमा उठ्दा आफूलाई दुःख लागेको उहाँको भनाई थियो ।