यो कहालीलाग्दो दिन कसैलाई नआओस् : माओवादीले बाबुलाई गोली हानेर मारे, सम्पत्ति सबै खरानी बनाए

Halesi Khabar
0 Shares

काठमाडौं । शसस्त्र द्धन्द्धका नाममा भएका पीडा अहिलेपनि कुनैपनि परिवारका लागि भुल्न अति मुस्किल छ ।                      तत्कालिन नेकपा माओवादी र नेपाल सरकारले द्धन्द्धको नाममा लगाएका अनेकौँ घाउहरु अहिलेपनि चर्किरहेका छन् । कयौँका शरीरमा गोलीहरु अझै अड्किएका छन् ।                                  कयौँका परिवारमा परेको शोकले सेकेण्ड–सेकेण्डमा अहिलेपनि मुर्छित पारिरहेको छ । कयौँ घाईतेका घाउ चर्किरहेका छन् ।           हेर्दा–हेर्दै लुटपाट र आगजनीबाट खरानी र रित्तिएको सम्पत्ति सम्झिदा बेला-बेला अहिलेपनि ती परिवारका सदस्य मुर्छित हुनु परेको छ ।                                                                      यो हज्जारौँको र लाखौँको पीडा हो । यति भएपनि देशले परिवर्तन पाएको भए, घाउमा सितलताको मल्हम लाग्थ्यो होला । तर ती पीडित परिवारका सदस्यले कहिलै त्यो महसुस गर्न पाएनन् ।        खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा यस्तै एउटा परिवार छ । जसमा त्यो कहालीलाग्दो समय अहिलेपनि सम्झिदा मुर्छित हुने खालको छ ।                                                      शसस्त्र द्वन्द्वको समयमा २०५५ साल बैशाख ११ गते साविकको खोटाङ जिल्ला नेर्पा ६ का टंकनाथ आचार्यको घरमा पहिलो पटक माओवादीले लुटपाट गर्यो । घरमा भएका श्री-सम्पत्ति, गरगहना सबै कुम्लो कसेर लग्यो ।                                                        निक्कै हुनेखाने परिवारको सम्पत्ति रित्यायो । २०५८ सालमा खोटाङ जिल्ला नेर्पा वडा नं. ६ का उनै टंकनाथ आचार्यका ४ वटा र वडा नं. ७ का २ वटा घरहरू आगजनी गरि पूर्णरूपमा खरानी बनायो ।                                                                                उहाँका छोरा कृष्ण आचार्य अहिलेपनि भक्कानिदै, त्यो क्षण सम्झिन नै मुस्किल मान्नुहुन्छ । भएका घर सबै खरानी भएपछि त्यो परिवार पूर्ण रुपमा दिक्तेलमा विस्थापित बन्यो ।                        माउ बच्चालाई आफ्नो वासस्थानबाट खेदेका थिए नै । तर २०६१ जेठ २३ गते उनै टंकनाथ आचार्यलाई गोली हानी निर्मम हत्या गरिदियो । त्यो परिवारले पूर्ण रुपमा आफ्नो अभिभावक गुमायो ।  संयुक्त परिवारमा मिलेर बसेको परिवार एकाएक शोकमा मात्र डुवेन, पुरै उजाड बन्यो । यति हुँदापनि माओवादीलाई अझै अपुगेन ।        शोकमा डुबेका सन्तानलाई चन्दा नबुझाए बाँकी नराख्ने धम्कि दिइयो । बाबुलाई मारेको केही महिना नवित्दै आफूले २०६१ मंसिर महिनामा जग्गा बेचेर लाखौँ चन्दा दिन बाध्य भएको दिन सम्झिदा अहिलेपनि जेठा छोरा कृष्णको मुटुभित्रबाट गाँठो बनेर आउँछ ।      आज उहाँ टंकनाथले यो संसार छोड्न बाध्य भएको दिन छोरा कृष्णले सम्झिदै भन्नुभएको छ,                                            अब ता खुशी हुनु भो नी । माओवादिले बुबाको स्वर्गद्वारी प्रवेशद्वार छिराउनु भयानक सफलता १८ बसन्त पार गराई १९औं बसन्त प्रवेश गरेको छ । सायद यो अवस्था कोही कसैमा नपरोस् । बुबाको पितृ लोकमा बास होस् ।
हार्दिक श्रद्धाञ्जली 1 हार्दिक श्रद्धाञ्जली !! हार्दिक हार्दिक श्रद्धासुमन !! Miss u वुवा                                                उहाँको भावपूर्ण शब्दले सबैलाई एकछिन स्तव्ध बनाउँछ । घटनालाई प्रत्यक्ष देखेका र भोगेकाहरुका लागि यो कहिलै माफी योग्य घटना छैन । द्धन्द्धको नाममा यति हदसम्मको मानवता विरोधी कार्य कसैकालाई सह्य छैन । द्धन्द्धका घटनाहरुको निरोपणका लागि राज्यले अनेकौँ प्रयास गरेपनि त्यो सार्थक हुन सकेको छैन । पीडितले पीडावोधमा रत्तिभर कमी महसुस गर्न पाएका छैनन् ।      संवैधानिक सत्य निरुपण तथा मेलमिलाप आयोग राजनीतिक दलहरुको भर्ती केन्द्र मात्र बनेको छ । द्धन्द्धका घटनाको सत्य निरोपण गरी मेलमिलाप गराउने जिम्मेवारी पाएको आयोगले चित्त बुझ्दा काम गर्न सकेको छैन । आउँने पदाधिकारी र कर्मचारीहरु केबल जागिर पकाउन आए जस्तोगरी मात्र काम गरेर समय टारिरहेका छन् । तर यी चर्किएका घाउ र शोकले उनीहरुलाई सँधै पिरोल्ने पक्कै छ ।

तपाईको प्रतिक्रिया