प्रदेश १ समन्वय परिषद् सदस्यमा खोटाङबाट गीरेन्द्र राई मनोनित

Halesi Khabar
0 Shares

खोटाङ, २५ जेठ । प्रदेश सरकार, १ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्थानीय तहका प्रमुख तथा उपप्रमुखगरी दश जनालाई समन्वय परिषद् सदस्यमा मनोनित गर्नुभएको छ । मुख्यमन्त्रीको कार्यालय विराटनगरमा मङ्गलबार बसेको समन्वय परिषद्को बैठकमार्फत मुख्यमन्त्री राईले खोटाङ जिल्लाको ऐँसेलुखर्क गाउँपालिकाका प्रमुख गीरेन्द्रबहादुर राई सहित दश जनालाई समन्वय परिषद् सदस्यमा मनोनित गर्नुभएको हो ।

समन्वय परिषद्को समस्यमा ओखलढुङ्गाबाट खिजिदेम्बा गाउँपालिकाका प्रमुख गोम्बु शेर्पा, मोरङबाट विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, इलामबाट सूर्योदय नगरपालिकाका प्रमुख रनबहादुर राई, भोजपुरबाट साल्पासिलिछो गाउँपालिकाका प्रमुख दौलथकुमार कुलुङ राई मनोनित हुनुभएको छ ।

त्यस्तै, उदयपुरबाट उदयपुरगढी गाउँपालिकाका प्रमुख मानबहादुर केप्छाकी मगर, सुनसरीबाट इटहरी उपमहानगरपालिकाका उपप्रमुख सँगीताकुमारी चौधरी, धनकुटाबाट छथर जोरपाटी गाउँपालिकाका उपप्रमुख गीता गुरुङ, पाँचथरबाट फाल्गुनन्द गाउँपालिकाका उपप्रमुख सविता राई र ताप्लेजुङबाट मेरिङ्देन गाउँपालिकाका उपप्रमुख दुर्गाप्राद श्रेङ्चङ्वाङ सदस्यमा मनोनित हुनुभएको हो ।

समन्वय परिषद्को उक्त बैठकले ‘बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको छ । नयाँ कार्यविधि पारित भएसँगै समन्वय परिषद्को नियमित बैठक सञ्चालन सम्बन्धी बाटो खुलेको छ ।

तपाईको प्रतिक्रिया