७० वर्ष नाघेका व्यक्तिले चुनाव लड्न नपाउने व्यवस्था गरौँ : योगेश भट्टराई

Halesi Khabar
0 Shares

काठमाडौँ, २५ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले सबै राजनीतिक दल एकमत भएर यो नियम लागू गर्नुपर्ने बताउनुभयो ।

७० वर्षे उमेर हदको व्यवस्था निर्माण गर्न संविधान संशोधन गर्नुपर्ने पनि उहाँले बताउनुभयो । “केही विषयमा संविधान संशोधन गर्नुपर्ने हुन्छ । हामीले ५८ वर्षमा अवकाश प्रणाली राखेका छौं । तर राजनीतिक क्षेत्रमा यो अनियन्त्रित छ”, उहाँले भन्नुभयो, “७० वर्ष नाघेका मानिसहरू राज्यका कुनै पनि चुनावमा उठ्न नपाउने व्यवस्था किन नगर्ने ?”

उहाँले काम गर्न सक्ने प्रधानमन्त्री आफूहरूले खोजेको पनि बताउनुभयो । “हामीलाई ¥याल सिगान काढ्ने र कुर्सीमा बस्ने प्रधानमन्त्री चाहिएको होइन”, उहाँले भन्नुभयो, “काम गर्ने प्रधानमन्त्री चाहिएको हो । सबै राजनीतिक दल यो विषयमा एकमत होऔ ।”

तपाईको प्रतिक्रिया