प्रधानन्यायाधीशविरूद्ध महाअभियोग प्रस्ताव तत्काल पास गर्न ल्याइएको होइन : पूर्वप्रधानमन्त्री झलनाथ

Halesi Khabar
0 Shares

काठमाडौँ, २५ जेठ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले प्रधानन्यायाधीश चालेन्द्र शमसेर जबराविरूद्धको महाअभियोग प्रस्ताव तुरून्त पास गर्नका लागि नल्याइएको बताउनुभयो । बुधबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै पूर्वप्रधानमन्त्री खनालले प्रधानन्यायाधीश जबराविरूद्धको महाअभियोग प्रस्ताव तुरून्त पास गर्न नल्याइएको बताउनुभएको हो ।

उहाँले प्रस्ताव दर्तापछि परिस्थिति हेर्दै क्रमशः टुंगोमा पु¥याउनका लागि महाअभियोग लगाइएको बताउनुभयो । उहाँले महाअभियोगलाई टुंगोमा पु¥याउनका लागि अझै समय बाँकी रहेको बताउनुभयो ।

“यो प्रस्ताव तुरून्त पास गर्न राखेकै होइन नि। यो प्रस्ताव अगाडि आएको छ। यसलाई बिस्तारै प्रस्ताव राखिसकेपछि परिस्थिति हेर्दै जाने । अनि क्रमशः एउटा टुंगोमा पु¥याउने कुरा हो नि त । त्यसकारण समय अझै छ”, उहाँले भन्नुभयो, “समिति गठन भएको छ । समितिले माग गर्नुप¥यो नि त । त्यो समितिको के उत्तरदायित्वको निम्ति, के कार्यभारको निम्ति त्यो समिति गठन भएको हो । त्यो समितिले आफ्नो उत्तरदायित्व पूरा गर्न, दिएको जिम्मेवारी पूरा गर्न, खोई मलाई जिम्मेवारी दिएको भन्नुप¥यो। अनि संसदले काम गर्नुप¥यो। त्यसपछि त अगाडि बढिहाल्छ नि ।”

पूर्वप्रधानमन्त्री खनालले महाअभियोग प्रस्तावको सम्बन्धमा संसदले गठन गरेको समितिले आफ्नो उत्तरदायित्व र जिम्मेवारी पूरा गर्नुपर्ने बताए। समितिले आफ्नो काम गरिसकेपछि संसदमा बाँकी प्रक्रिया अगाडि बढ्ने उनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया