काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट असहाय, गरिब तथा आर्थिक अभावमा परेकालाई निःशुल्क रूपमा उपचार हुने कुराको ग्यारेन्टी गर्न निर्देशन दिएका छन्।
शनिबार बिहान सो चिकित्सालयको निरीक्षण गर्दै उनले सो कुरा बताएका हुन्।
उनले क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवा सम्बन्धमा अनुगमन समेत गरेका छन्। उन
ले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग अन्तर्क्रिया समेत गरे। अस्पतालबाट प्रवाह भइरहेको सेवा तथा बिरामीसँग अन्तर्क्रियापश्चात् उनले अस्पतालले आफूले सोचेको भन्दा राम्रो सेवा प्रवाह गरिरहेकोमा खुसी व्यक्त गरेका छन्।
अस्पतालका अध्यक्ष डा। मनोजमान श्रेष्ठले अस्पताल प्रवेश गर्ने जोसुकै उपचारविहीन अवस्थामा फर्कनु नपरेको बताउँदै हुनेसँग न्यूनतम शुल्क लिएर नहुनेलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौं महानगरका मेयर शाहले समुदायबाट चलेको अस्पताललाई महानगरले के गर्न सक्छ ? सहकार्य कसरी हुनसक्छ ?वार्षिक रूपमा सहयोग गर्ने वा के भन्ने विषयमा छलफल भइरहेको बताए।