काठमाडौं – भक्तपुर जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका ईश्वर थापा गोला प्रक्रियाबाट निर्वाचित हुनु भएको छ ।
भक्तपुरमा जिसस बनाउन कुनै पनि दलको बहुमत थिएन । एमालेका तीन, कांग्रेस-माओवादी गठबन्धनको ३ र नेपाल मजदुर किसान पार्टीको दुई मत रहेको थियो ।
एमाले र गठबन्धनको बराबरी मत आएपछि गोला तान्दा एमालेका ईश्वर थापा विजयी हुनु भएको हो।
त्यस्तै उपप्रमुखमा गोला तान्दा कांग्रेसकी सुजाते बादे श्रेष्ठ निर्वाचित हुनु भएको छ ।
कांग्रेसबाट उपप्रमुखसहित एक सदस्य जित्दा एमालेले प्रमुखसहित ५ सदस्य जितेको छ ।