नेपाल खेलकुद महासंघ : स्थायी कमिटीको पहिलो पूर्ण बैठक


खोटाङ,३१ जेठ । नेपाल खेलकुद महासंघले आफ्नो स्थायी कमिटीको पहिलो पूर्ण बैठक सम्पन्न गरेको छ । मंगलबार महासंमहासंघले बानेश्वर १० काठमाडौंमा केन्द्रीय कार्यालय सारी नयाँ कार्यालयमा यो बैठक गरेको हो ।

बैठकमा प्रमुख अतिथिमा नेपाल खेलकुद महासंघका इन्चार्ज तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा रहेका थिए । त्यस्तै, नेपाल खेदकुद महासंघका सहइन्चार्ज रमेश पौडेलको विशिष्ट आतिथ्यमा कार्यक्रम गरिएको थियो ।

नेपाल खेलकुद महासंघका अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम बस्नेत)को अध्यक्षतामा सम्पन्न बैठकमा महासंघका प्रदेश अध्यक्षहरुले आआफ्नो प्रदेशमा भएको गतिविधि र खेलकुद महासंघको प्रगति तथा कार्यक्रमबारे विवरण प्रस्तुत गर्नुभएको थियो ।

बैठकले भदौ अन्तिम साता राष्ट्रिय भेला गरेर ३० वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा जित निकालेका महासंघका सदस्य तथा विभिन्न पदाधिकारीहरुलाई बधाई कार्यक्रम गर्ने निर्णय गरेको छ ।

त्यस्तै, यो बैठकले ११ असारभित्र काठमाडौं मेट्रो स्पोर्ट्स कार्यक्रम पनि गर्ने निर्णय गरेको छ । नयाँ कार्यालयको व्यवस्थापनाको जिम्मेवारी विभिन्न सदस्यहरुलाई यो बैठकले दिएको छ । कार्यक्रमअघि बानेश्वर १० को कार्यालयलाई बाँस्कोटाले उद्घाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया