काठमाडौँ, ३१ जेठ । घरभित्र छिरेर हातपात गरेपछि लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला वलीलाई प्रहरीले पक्राउ गरेको छ । एक महिलाको घरमै पसेर हातपात गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको प्रहरीले बताएको छ ।
दाङको तुल्सीपुर बसपार्क नजिकैबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । मन्त्री वलीले एकजना महिलालाई घरमै गएर हातपात गरेको स्थानीयले बताएका छन् । घटनास्थलमा ठूलो संख्यामा स्थानीय जम्मा भएका थिए । प्रहरीले वलीलाई सुरक्षा घेरामा राखेर इलाका प्रहरी कार्यालय तुलसीपुर लगेको बताइएको छ ।
स्थानीयहरुका अनुसार मन्त्री वली आज बिहानै एकराज बस्नेतको घरमा घुसेर बस्नेतकी श्रीमती र छोरीमाथि हातपात गरेकी हुन् । तर बस्नेत भने घरमा नरहेको जनाइएको छ ।