खोटाङ,३१ जेठ । ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको खुलासा भएको छ । बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जिल्लाको सिद्धिचरण नगरपालिका ३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सिद्धिचरण नगरपालिका २ बस्ने ४० वर्षीय पूर्ण प्रसाद फुयाँल रहेका छन् ।बालिकालाई ललाईफकाई विभिन्न प्रलोभनमा पारी र डर धाकधम्की देखाई गत वैशाख २७ गते उनीहरूले बलात्कार गरेको खुलेको छ । पक्राउ परेका उनीहरूमाथि थप अुनसन्धान तथा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।