साकेलाको वार्षिक बजेट रु ३४ करोड ५६ लाख

Halesi Khabar
0 Shares

खोटाङ, १० असार । साकेला गाउँपालिकाले ३४ करोड ५६ लाख ८२ हजार ३१० रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । शुक्रबार सम्पन्न १२ औं गाउँसभाले आर्थिक वर्ष २०७९÷०८० का लागि चालुतर्फ रु छ करोड ५७ लाख ४९ हजार ७३० र पुँजीगततर्फ पालिकास्तरीय योजना तथा कार्यक्रमका लागि रु आठ करोड ३९ लाख ८६ हजार बजेट विनियोजन गरेको गरेको हो ।

वडागत सिलिङतर्फ एकमुष्ठ रु एक करोड १५ लाख विनियोजन गरिएको गाउँपालिका उपप्रमुख बिर्सिका राईले जानकारी दिनुभयो । यस्तै, सशर्ततर्फ १८ करोड ६ लाख ७९ हजार बिनियोजन गरिएको बजेट बक्तव्यमा उल्लेख छ ।

कार्यक्रममा गाउँपालिका प्रमुख रविप्रकाश राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका गर्नुभएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई लगायतको उपस्थिति रहेको थियो ।

गाउँपालिकाले बसाइसराई दरलाई कम गर्नका लागि शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, सञ्चार, बिजुली आदिको उचित प्रबन्ध गर्ने, रैथाने जातका पशुपन्छी, कृषि लगायत फलफूलको खोज गरी संरक्षण तथा विकास गर्ने, एक गाउँ एक टोल एक कृषि उत्पादन नीति अबलम्बन गर्ने लगायतका नीति ल्याएको छ ।

तपाईको प्रतिक्रिया