खोटाङ, १० असार । केपिलासगढी गाउँपालिकाले रु ३६ करोड ८२ लाख ९७ हजार ५०० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । शुक्रबार सम्पन्न ११ औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले आर्थिक वर्ष २०७९÷०८० का लागि बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
गाउँपालिकाले आर्थिक विकासतर्फ रु ८५ लाख ८० हजार, सामाजिक विकासतर्फ रु चार करोड २३ लाख ८८ हजार ५५०, पूर्वाधार विकासमा रु चार करोड ७७ लाख २५ हजार, वन, वातावरण तथा विपद व्यवस्थापनतर्फ रु ४१ लाख ५० हजार र सुशासन तथा संस्थागत क्षमता विकासका लागि रु ७७ लाख ८९ हजार विनियोजन गरेको छ ।
गाउँपालिकाको प्रशासनिक खर्चतर्फ रु छ करोड ८८ लाख ६९ हजार ९५० बजेट विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईले जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिका प्रमुख समिर राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।