खोटाङ, २१ असार । किराँत राई खेलकुद सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन खोटाङको दिक्तेलमा शुरु भएको छ । दिक्तेलस्थित माटिकोरे बहुउद्देश्य कभर्ड हलमा आयोजित महाधिवेशन प्रदेश सरकार, १ नं. प्रदेशका सामाजिक विकास मन्त्री राजन राईले धनुष वाण प्रहार गर्दै उद्घाटन गर्नुभयो ।
उद्घाटन सत्रमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको छ । यस्तै, १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का विजेता खेलाडीहरुलाई समेत नगदसहित सम्मान गरिएको छ ।
महाधिवेशनको बन्दसत्र भोलि (बुधबार) हुने आयोजक किराँत राई खेलकुद सङ्घका अध्यक्ष महेन्द्रकुमार राईले बताउनुभयो । बन्दसत्रले २१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्ने जनाइएको छ ।