किराँत राई खेलकुद सङ्घको अध्यक्षमा खोटाङका सञ्जयकुमार राई चयन

Halesi Khabar
0 Shares

खोटाङ, २२ असार । किराँत राई खेलकुद सङ्घको केन्द्रीय अध्यक्षमा खोटाङका सञ्जयकुमार राई चयन हुनुभएको छ । खोटाङको दिक्तेल बजारस्थित बहुउद्देश्य कभर्ड हलमा बुधबार सम्पन्न सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनबाट सञ्जयकुमार अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

उन्नाईस सदस्यीय केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा रमा राई, नइन्द्र राई, सुर्यकुमारी सुनुवार राई, महासचिवमा मोतिचन्द्र राई, सचिवमा प्रविण कुलुङ राई र कोषाध्यक्षमा सुमन राई चयन हुनुभएको छ । सदस्यहरुमा देउधन राई, कुमारी राई, सार्जन राई, निर्मला राई, विक्रम राई, देवु राई, चन्द्रकुमार राई, डेनिका राई, भुवन राई, मेघराज राई, सुजता राई र नारदमणि राई चयन हुनुभएको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा पदक विजेता खेलाडीहरुलाई जनही रु दश हजार नगदसहित सम्मान गरिएको थियो । महाधिवेशनको उद्घाटन प्रदेश सरका, १ नं. प्रदेशका समाजिक विकास मन्त्री राजन राईले गर्नुभएको थियो ।

समापनमा पत्रकार उत्तम चौलागाँईलाई नगद रु १५ हजार ५५५ राशीको ‘किराँत राई खेलकुद पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । पत्रकार चौलागाइँलाई तेक्वान्दो ग्राण्ड मास्टर तथा सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका संस्थापक प्रमुख राष्ट्र राईले सम्मान–पत्र र नगद पुरस्कार प्रदान गर्नुभएको हो ।

पत्रकारिताको माध्यमबाट जिल्लाको समग्र खेलकुद क्षेत्रको सुधार, बेथितिविरुद्ध र सुशासनको पक्षमा समाचार सम्प्रेषण गरेर पु¥याउनुभएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको नवनिर्वाचित अध्यक्ष राईले बताउनुभयो । पत्रकार चौलागाइँ प्रभाव न्यूज डटकमका अध्यक्ष एवम् कान्तिपुर टेलिभिजनका जिल्ला संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया