दमक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीति एमालेको पक्षमा भइरहँदा स्थानीय तहको निर्वाचनमा दमक नगरपालिका हार्नुको कारण के हो भनेर कार्यकर्तालाई प्रश्न गर्नुभएको छ ।
‘यस पटक दमकमा विरोधीलाई फाइदा पुग्ने काम भएको छ’ अध्यक्ष ओलीले भन्नुभयो ‘विभिन्न हिसाबले विरोधीलाई सघाउने काम मात्र भयो भने हामी उनीहरुका भरिया मात्र हुन्छौं । ’ विरोधीलाई भोट दिएर जिताएपछि उसको झण्डा बोकेर आफूलाई गरेको गाली सहनु पर्ने अवस्था आउने अध्यक्ष ओलीको भनाइ छ ।
अर्कालाई जिताएर आफैं अपमानित हुने र लज्जित हुने काम नगर्न कार्यकर्तालाई अध्यक्ष ओलीले निर्देशन दिनुभयो । ‘हामीले व्यक्ति उठाउने होइन,पार्टी उठाउने हो’ अध्यक्ष ओलीले भन्नुभयो ‘पार्टीले व्यक्तिलाई निर्देशित गर्ने हो नेतृत्व गर्ने हो ।’ सबैले पार्टीको सिद्धान्त र नीति बुझ्नु पर्ने अध्यक्ष ओलीको भनाइ छ । एक पटक गरेको गल्ती नदो¥याउन र पार्टीलाई आगामी दिनमा जित्ने गरी काममा लाग्न उहाँले दमका कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
दमक नगर पार्टी कार्यलयमा अगुवा कार्यकर्ताहरुसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले एमालेलाई एक ढिक्का बनाएर बनाएर राष्ट्रिय राजीनतिको मियोको रुपमा स्थापित गर्ने अभियानमा आफू रहेको बताउनुभएको छ ।