काठमाण्डौं । नेकपा एमाले खोटाङ काठमाण्डौं सम्पर्क मञ्चले स्थानिय तहको निर्वाचनमा एमालेबाट निर्वाचित १० ओटै स्थानिय तहका जनप्रतिनिधिहरुलाई सम्मान तथा प्रशिक्षण गर्ने भएको छ ।
काठमाण्डौं स्थीत मिनभवनको क्राउन ब्यंक्यैटमा २०७९ श्रावण २८ गते नेकपा एमालेका उपाध्यक्ष सुबाष नेम्वाङको प्रमुख आतिथ्यता तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य एबं संसदियदलका प्रमूख सचेतक बिशाल भट्टराई साथै केन्द्रीय सदस्य एबं प्रदेश नं. १ की पूर्ब सामाजिक विकास मन्त्री उषाकला राई,केन्द्रीय सदस्य खगेन्द्र राई,केन्द्रीय सदस्य रमेश पौडेल,जिल्ला अध्यक्ष राम प्रसाद दंगाल लगाएतको बिशेष आतिथ्यतामा जिल्लाबाट सम्पुर्ण निर्वाचित जनप्रतिनिधिहरुलाई आमन्त्रण गरेर प्रशिक्षणात्मक कार्यक्रम सहित सम्मान गर्न लागिएको मञ्चका अध्यक्ष नबराज रोकाले जानकारी दिनुभयो ।
१० स्थानीय तह रहेको जिल्लामा गत स्थानिय तहको निर्वाचनमा नेकपा एमालेले २ गाँउपालिका अध्यक्ष,२ उपाध्यक्ष, १९ वडाध्यक्ष, ६० खुल्ला सदस्य, २३ महिला सदस्य, २७ दलित महिला सदस्य गरी जम्मा १३३ सिट जित हाँसिल गरेको थियो ।
निर्वाचित जनप्रतिनिधिहरु बिच आपसी चिनजान,समझदारी,सदासयता एबं केन्द्रीय नेताहरुबाट कार्यकौशलताको बिषयमा प्रशिक्षण गराई कार्यप्रगतीमा थप टेवा पुर्याउने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागिएकोले उपस्थितीको लागि सम्पूर्ण जननिर्वाचित प्रतिनिधिहरुलाई पत्राचार गरिसकिएको अध्यक्ष रोकाले जानकारी दिनु भयो ।
जिल्ला बाट बिभिन्न हिसाबले उपत्यकामा आई बसोबास गर्ने एमाले इत्तर र अन्य दलमा आस्था राख्ने खोटाङे नागरिकहरुलाई दुःख सुखमा सहयोगी सारथीको रुपमा काम गर्दै आएको मञ्चले उपत्यकामा छरिएर रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई एकढिक्का बनाई पार्टीबाट केन्द्र,प्रदेश,जिल्ला र स्थानिय तहमा हुने राजनैतिक,सामाजिक,आर्थिक,साँस्कृतिक क्रियाकलापहरुमा सक्रियताका साथ पुलको रुपमा काम गर्दै आएकाले उपत्यकामा बसोबास गर्ने आम खोटाङका नागरिकहरुलाई एकाकार हुन समेत आग्रह गरिएको अध्यक्ष रोकाले बताउनुभयो ।