युवा संघ खोटाङको इन्चार्जमा विनोद राई (संसार) चयन

Halesi Khabar
0 Shares

खोटाङ– नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघ नेपाल खोटाङको इन्चार्जमा विनोद राई संसार चयन भएका छन् । युवा संघको केन्द्रीय कमिटीका नेताहरुको कार्य विभाजन टुंगिएसँगै खोटाङको इन्चार्जमा राई र सहइन्चार्जमा सुजता राई चयन भएका हुन् । अध्यक्ष किरण पौडेलले जारी गरेको विशेष सर्कुलरमा प्रदेश र जिल्लाको इन्चार्ज र सह–इन्चार्ज टुंग्याएको उल्लेख छ ।

त्यस्तै, केन्द्रीय कमिटीको दोसो पूर्ण बैठकले ४९१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । साउन १४ र १५ गते बसेको बैठकले १७ सदस्यीय केन्द्रीय पदाधिकारीसहित ४९१ सदस्यीय केन्द्रीय कमिटी बनाएको हो । जसमा अध्यक्ष, ९ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव र ४ जना सचिव रहेका छन् । युवा संघको केन्द्रिय उप–महासचिवमा खोटाङका रमेश तिवारी चयन भएका छन् ।

युवा संघले ४५ जनाको स्थायी कमिटी पनि बनाएको छ । स्थायी कमिटीलाई भने पछि पूर्णता दिने अध्यक्ष किरण पौडेलले जानकारी दिए ।
युवा संघको केन्द्रिय कमिटिमा खोटाङका पाच जना चयन भएका छन् । केन्द्रीय सदस्यमा दिनेश राई, विनोद राई, सुजता राई, एन्डी राई र नरेन्द्र ढकाल रहेको युवा संघका पुर्व सचिव दिलचक्र राईले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया