लाल किल्लामै माओवादीलाई धक्का, ठूलो संख्यामा नेता कार्यकर्ता एकै पटक एमाले प्रवेश !

Halesi Khabar
0 Shares

काठमाडौं , सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आफ्नो लालकिल्ला दाबी गर्दै आएको ठाउँमै उसलाई ठूलो धक्का लागेको छ । ठूलो संख्यामा नेता कार्यकर्ताले एकै पटक पार्टी परित्याग गरि एमाले प्रवेश गरेका छन् ।                                                    माओवादी केन्द्रले आफ्नो गढ भन्ने गरेको सिन्धुपाल्चोकको चौतारा क्षेत्र र जिल्लाका अन्य ठाँउहरुबाट एकै पटक ठूलो संख्याले पार्टी छोडेका छन् । माओवादी केन्द्रका वैकिल्पीक केन्द्रिय सदस्य अमानसिंह तामाङ सहित प्रदेश र जिल्ला स्तरका थुपै्र नेता कार्यकर्ताले पार्टी परित्याग गरि एमाले प्रवेश गरेका छन् ।              २०७४ सालको स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट चौतारा साँगाचोगढी नगरपालिकाको मेयरको उमेदवार बनेर निर्वाचित भएका तामाङ जिल्लामा राम्रो प्रभाव भएको नेताका रुपमा चिनिन्छन् । उनले आफुसँगै माओवादी केन्द्रको ठूलो टिमलाई एमाले प्रवेश गराएका छन् ।                                                सिन्धुपाल्चोकको चौसागढी नगरपालिकाका पूर्व मेयर माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य अमानसिंह तामाङ, सहित माओवादीका प्रदेश कमिटी सदस्य तथा भोटेकोशी गाउँपालिका इन्चार्ज आङ छिरिङ शेर्पा पनि दुईसय भन्दा बढी माओवादी कार्यकर्तासहित एमालेमा प्रवेश गरेका छन् ।                            एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल लगायतले एक कार्यक्रमका विच उनीहरुर्ला पार्टी प्रवेश गराउँदै एमालेमा स्वागत गरेका थिए । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सयौंको संख्यामा सिन्धुपाल्चोकवासीहरूको उपस्थिति रहेको थियो ।                      पार्टी प्रवेश गर्नेहरूमा भोटेकोशी गाउँपालिकाबाट निवर्तमान गाउँपालिका उपाध्यक्ष दाबुटि शेर्पा लामा, नवनिर्वाचित वडाध्यक्ष निमा सोना शेर्पा, माओवादीका गाउँ पार्टी कमिटीका उपाध्यक्ष फुर्वा शेर्पा फुनु लगायत गाउँ पार्टी कमिटीका सदस्य र वाईसिएल सदस्यहरू रहेका छन् ।                                                      त्यस्तै, चौसागढी नगरपालिकाबाट माओवादीका प्रदेश कमिटी सदस्य तथा निवर्तमान वडाध्यक्ष विष्णु लामा, माओवादीका जिल्ला सचिवालय सदस्य छत्रबहादुर तामाङ, जिल्ला सचिवालय सदस्य सीताराम गिरी, रघुसिं तामाङ, निवर्तमान वडाध्यक्ष तीर्थबहादुर श्रेष्ठ लगायत नगर कमिटी र वडा कमिटीका सदस्यहरू गरी दुईसयभन्दा बढी एमालेमा प्रवेश गरेका थिए ।                                          एमाले प्रवेश लगत्तै चौसागढी नगरपालिकाका पूर्व मेयर अमान सिं तामाङले ३८ बर्षसम्म रहेको पोखरीबाट आज नयाँ पोखरीमा आएको वताउँदै नेकपा एमाले परिवारलाई मिठो मह बनाउने माहुरीको घारको संज्ञा दिएका थिए । उनले काग्रेस माओवादी सहितको गठबन्धनलाई बोकाको टाउको जोडिएको दक्षप्रजापतीको टाउको जस्तो भएको टिप्पणी गरेका थिए ।                                ‘अब माओवादीबाट समाजवादी क्रान्ति सम्भव छैन भन्ने हाम्रो टिमले निष्कर्ष निकाल्यो र एमालेबाट सम्भव छ त रु भन्ने कुरामा पनि छलफल हुँदा ‘दिन कस्तो हुन्छ भन्ने कुरा विहानी’ ले सङ्केत गर्छ भनेजस्तै राष्ट्रियताको रक्षा, संविधान कार्यान्वयन जस्ता विषयमा एमालेको अडानले यस पार्टीबाट समाजवादी यात्रा सम्भव छ भन्ने हाम्रो निष्कर्ष हो,’ तामाङले भनेका छन् ।

तपाईको प्रतिक्रिया