काँग्रेस खोटाङबाट सङ्घ र प्रदेशसभा सदस्यका लागि ४२ जनाको नाम सिफारिस

Halesi Khabar
0 Shares

खोटाङ, १८ भदौ । नेपाली काँग्रेस खोटाङले आगामी मङ्सिर–४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४२ जना आकांक्षीको नाम सिफारिस गरेको छ । पार्टी नेताहरुबीच दिक्तेलमा भएको सकसपूर्ण छलफलपछि काँग्रेस खोटाङले प्रतिनिधिसभा सदस्यका लागि १९ जना र प्रदेशसभा सदस्यका लागि २३ जना नेताको नाम सिफारिस गरेको हो ।

प्रतिनिधिसभाको एक सिटका लागि खुला प्रतिस्पर्धामा पूर्वराज्यमन्त्री सर्वधन राईसहित दश जनाको नाम केन्द्रमा पठाउने निर्णय गरेको छ । काँग्रेसले सुवास पोखरेल, भूपेन्द्र राई, हीरा गुरुङ, रोजन राई, डा. राजकुमार राई, रामप्रसाद आचार्य ‘आर.पि.’, विष्णुराज राई, योगेन्द्र राई र शरणकुमार राईको नाम सिफारिस गरेको हो ।

यस्तै, समानुपातिक कोटामा महिलातर्फ सरस्वती बजिमय र शान्ति राई, समानुपातिक खुलातर्फ दिनेश राई, काशीनाथ आचार्य, पदमकुमार निरौला, महेन्द्रकुमार कटुवाल, नवराज केसी, केशवराज कार्की र महेश रेग्मीको सिफारिस गरिएको जिल्ला उपसभापति ईवन राईले जानकारी दिनुभयो ।

प्रदेशसभा (क)बाट प्रत्यक्षमा नरेशकुमार श्रेष्ठ, जितेन्द्रसिंह ठकुरी, वीरकाजी राई, विश्वनाथ निरौला, धर्मराज पोखरेल, मनोज तिम्सिना, इवन राई र गोपाल सैँजुलाई सिफारिस गरेको छ । यसैगरी, समानुपातिकमा रोजन राई, दुरेन्द्रकुमार राई, पेशलकुमार राई, राजनशेर राई, हीराबहादुर निरौला, डिल्लीकुमारी आचार्य र देवी राईको नाम सिफारिस गरिएको काँग्रेसले जनाएको छ ।

प्रदेशसभा (ख)बाट प्रत्यक्षतर्फ सभापति विष्णुकमार राई, लोकेन्द्र राई, सुमनबाबु आचार्य, कृष्णप्रसाद भट्टराई, शम्भु कार्की र पूर्णबहादुर खड्काको नाम सिफारिस गरिएको जनाइएको छ । यस्तै, समानुपातिकको खुला पुरुषबाट शहरमान राई, महिलातर्फ कमला राई तथा अन्यमा इच्छुराम राना, निर्मला ढकाल, बसन्त राई, दीपराज राई, प्रतिक्षा राई, कान्ता केसी (बस्नेत), ध्रुवकला राई, सपना राई, निर्मला राई र राजु ढकालको सिफारिस गरिएको प्रदेश सभापति दिनेश घिमिरेले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया