खोटाङ, । नेकपा (एमाले) खोटाङले आगामी मंसिर–४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य (सांसद) पदका उम्मेदवारहरुको नाम सर्वसहमत टुङ्ग्याएकाे छ । जिल्ला कमिटीले प्रदेश कमिटीलाई सिफारिस गर्नुपर्ने पार्टीको केन्द्रीय कमिटीको निर्णय अनुसार सिफारिस गर्नका लागि जिल्ला कमिटीले सर्वसहमत नामावली टुंगो लगाएको हो । कुनैपनि जिल्लामा मतदान नगर्न अध्यक्ष केपी शर्मा ओलीले दिएको निर्देशन बमोजिम नै खोटाङ जिल्ला कमिटीले पनि सर्वसम्मत रुपमा नामावली टुंगो लगाउँन सफल भएको छ । नेकपा (एमाले) जिल्ला कमिटी खोटाङको पाँचौ पूर्ण बैठकले खोटाङका लागि एमालेको तर्फबाट उम्मेदवार बन्नसक्नेहरुको नामावली सर्वसम्मत रुपमा टुंगो लगाएर प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ । खोटाङमा प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फको उम्मेदवारमा पोलिटब्यूरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य उषाकला राई, खगेन्द्र राई, रमेश पौडेल, प्रदेश कमिटी सचिवालय सदस्य पाँचकर्ण राई (पि.के), प्रदेश कमिटी सदस्य देवन राई र राजन प्रसाद ढकालको नाम सर्वसम्मत सिफारिस भएको छ ।यसैगरी प्रतिनिधिसभा सदस्य पदको समानुपातिकतर्फको उम्मेदवारमा केन्द्रीय अनुशासन आयोग सदस्य कर्णबहादुर घले, जिल्ला कमिटी सचिवालय सदस्य रमेश परियार र जिल्ला कमिटी सदस्य राजकुमारी राईको नाम सिफारिस भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र (क) मा प्रत्यक्षतर्फ जिल्ला कमिटी उपाध्यक्ष देवविक्रम राई, जिल्ला कमिटी सचिवालय सदस्य लिलानाथ निरौला, जिल्ला कमिटी सदस्य अनिषा खनाल र प्रदेश सम्पर्क समन्वय कमिटी सदस्य सर्वधन राईको सिफारिस भएको जिल्ला कमिटी सचिव कुमार आचार्यले जानकारी दिनुभयो ।सोही क्षेत्रमा समानुपातिकतर्फको उम्मेदवारमा प्रदेश कमिटी सदस्य कमल बुढाथोकी, जिल्ला कमिटी सदस्य अडिराम राई, उमा गुरुङ, दुर्गा पोखरेल, निर्मला आचार्य, मनिशोभा राई (माया), सुवास राई, हिराकुमारी वन गिरी, जिल्ला कमिटी लेखा आयोग संयोजक श्यामकुमार पोखरेल र जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य चन्द्रसिंह बस्नेतको नाम सर्वसम्मत रुपमा चयन गरेर सिफारिस गरिएको छ । प्रदेश (ख) का लागि प्रत्यक्षतर्फ प्रदेशसभा सदस्यको उम्मेदवारमा जिल्ला अध्यक्ष रामप्रसाद दंगालको एकमात्र नाम सर्वसहमत सिफारिस गर्ने निर्णय भएको छ । प्रदेससभा (ख) मा अन्य नेताहरु कसैको पनि दाबी नरहेकाले दंगालको मात्र एकल नाम प्रदेश समितिमा सिफारिस गरिएको सचिव आचार्यले जानकारी दिनुभयो । समानुपातिकमा प्रदेश समिति सदस्य दूधराज तामाङ, सचिवालय सदस्यहरु चर्चबहादुर विश्वकर्मा, दिलचक्र राई र गीतामायाँ राई तथा जिल्ला सदस्य भगवती प्रधानको नाम सिफारिस भएको एमाले खोटाङले जनाएको छ ।
एमाले खोटाङले सर्वसहमत टुङग्यायाे प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार
Halesi Khabar
0
Shares
तपाईको प्रतिक्रिया
- १. पक्की पुल बाढीले बगाएपछि फोक्सिङटारमा अस्यायी बेलिब्रिज जडान गर्न ठेक्का आव्हान
- २. पाठेघर खस्ने समस्या भएका १९ जना महिलाको निःशुल्क शल्यक्रिया
- ३. ‘मेरो गोल, लैङ्गिक हिङ्साविरुद्धको बोल’ महिला फुटबल प्रतियोगितामा हलेसी च्याम्पियन
- ४. हलेसीमा महिला फुटबल प्रतियोगिता : आयोजक र प्रगतिशील सेवा समाज विजयी
- ५. अलपत्र ‘लोकतान्त्रिक सिँचाइ कुलो आयोजना’को काम पुनः शुरु गर्ने सर्वपक्षीय सहमति
- ६. मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५ : करिब एक लाख पर्यटक भित्र्याउने तयारी