प्रदेशसभा (ख)मा ‘अनटेष्टेड’ दंगाल को हुन् ?

Halesi Khabar
0 Shares

नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल प्रदेशसभा (ख)को चुनावी मैदानमा छन् । मनोनयन दर्तासँगै दंगाल चुनावी कार्यक्रम तय गरेर मतदाताको घरदैलोमा पुग्न थालेका छन् । नेता तथा कार्यकर्तालाई चुनावी अभियानमा परिचालन गरिरहेका छन् । प्रदेशसभा (ख)बाट दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका दंगालको एकल उम्मेदवारी सिफारिस भएको थियो ।
२०५४ सालको स्थानीय निकायको निर्वाचनमा गाविस उपाध्यक्षमा निर्वाचित भएर जनताको सेवा गरेका दंगाल पुःन जनताबाट अनुमोदित हुनका लागि चुनावी मैदानमा उत्रिएका हुन् । राजनीतिक अनुभव बटुलेका हक्की र मिजासिलो स्वभावका दंगाल संसदीय निर्वाचनमा परिक्षणका लागि पहिलोपल्ट उम्मेदवार बनेका हुन् । उनीप्रति शुभेच्छुकले आशा र उत्तिकै भरोसा राखेका छन् । हालसम्म कुनै लाभको पदमा नपुगेका दंगाललाई यसपल्ट एमालेले प्रदेशसभा (ख)बाट अघि सारेको हो । ‘अनटेष्टेड’ भएकाले पार्टी तथा कार्यकर्ता उनको क्षमता हेर्न प्रतिक्षारत छन् । जनतालाई समस्या पर्दा राजनैतिक आस्था नहेरी सहयोग गर्ने परिचय बनाएका दंगालले गठबन्धनलाई कडा ‘च्यालेञ्ज’ दिइरहेका छन् । ४ मंसिरमा हुने निर्वाचनमा आफु भारी मतले विजयी हुनेमा दंगाल विस्वस्त छन् ।

को हुन् दंगाल ?
बुवा लिलानाथ र आमा गोमादेबी दंगालको कोखबाट २०२९ साल चैत १४ गते रामप्रसादको जेठो जन्म भएको हो । गाउँकै राम्चे निकेतन प्राविबाट औपचारिक शिक्षा सुरु गरेका दंगालले जनता मावि बतासेबाट २०४६ सालमा एसएलसी उत्तिर्ण गरे र उच्च शिक्षा अध्ययनका लागि महेन्द्र मोरङ वहुमुखी क्याम्पस पुगे । महेन्द्र मोरङ वहुमुखी क्याम्पसबाट बिए उत्तिर्ण गरे ।
तल्लो कमिटिदेखि संघर्ष गर्दै पार्टीको नेतृत्व तहमा पुगेका नेता हुन् दंगाल । २०४२ सालमा अनेरास्ववियु एकता पाँचौंको प्रारम्भिक कमिटि बतासेको सचिवबाट औपचारिक राजनीति सुरु गरेका दंगाल प्रारम्भिक कमिटिको अध्यक्ष पनि बनेका थिए । त्यसपछि पुर्णकालिन राजनीतिमा होमिने निधो गरेका दंगाल २०४७ सालमा अनेरास्ववियु एकताको पाचौंको खोटाङ–विराटनगर सम्पर्क कमिटी अध्यक्ष बने । २०४८ सालमा एमाले १० ईलाका कमिटिको सचिव र २०४९ मा क्षेत्रीय कमिटीको सचिव बनेर काम गरे ।
२०५४ सालमा गाविस उपाध्यक्षमा निर्वाचित भएर जनताको सेवा गर्ने अवसर पाए । त्यसपछि उनको जिल्ला स्तरिय राजनीतिमा प्रवेश भएको हो । उनी एमाले खोटाङको सचिवालय सदस्य, जिल्ला उप–सचिव, उपाध्यक्ष हुँदै हाल जिल्ला अध्यक्षको जिम्मेवारीमा छन् । नेकपा एमाले र माओबादी केन्द्र एकता भएर बनेको नेकपाका जिल्ला सचिव र प्रदेश कमिटि सदस्य समेत बनेका थिए । जनताको सुखदुःखमा घुलमिल भएका दंगाल नपुगेको घर र नचिनेको ब्यक्ति कमै छन् । हजारौं जनताका नागरिकतामा सनाखत गरेका दंगाल कार्यकर्ताको सानोतिनो काममा पनि लागि पर्ने नेताको रुपमा स्थापित छन् । समस्या पर्दा सम्झनामा आउने नेता हुन् दंगाल ।

एमाले जोगाउने एउटा योद्धा
२०५४ सालमा महाकाली सन्धीको विषयले एमालेमा विभाजन आयो । जिल्लाका अधिकांश नेता मालेतर्फ लागे । एमाले टुहुरोको अवस्थामा पुग्यो । त्योबेला एमाले जोगाउन दंगाल कम्मर कसेर लागेका थिए । राजा बिरोधी आन्दोलनमा पनि उनको सक्रिय सहभागीता रह्यो । शसस्त्र द्धन्द्ध कालमा पार्टी र कार्यकर्ता जोगाउनका लागि उनले विशेष भूमीका निभाएका थिए । चरम द्धन्द्धको समयमा तत्कालिन माओवादीले आस्थाको आधारमा घर कब्जा गर्ने, अपहरण गर्ने, बिनाकारण दुःख दिने गरेपछि खोटाङमा क्रियासिल सात दल र द्धन्द्धरत माओवादीबीच पञ्चमीबजारमा वार्ता गराउने भूमीकामा उनै दंगालको अग्रनी भूमीका रहेको थियो । सो वार्ताले कब्जा गरेका जनताका घर र जमिन फिर्ता गर्ने, अनावश्यक दुःख नदिने सहमति भएको थियो ।
द्धन्द्ध कालमा तत्कालिन नेकपा माओवादीबाट दंगाल ४२ दिन अपहरणमा परेका थिए । न चिने जानेका मान्छे थिए, न खाने बस्ने टुंगो हुन्थ्यो । न कुन ठाउँमा छु भन्ने थाहा नै हुन्थ्यो । न बाँच्ने आश नै थियो । तर निडर र संकटको फेस गर्न सक्ने क्षमता भएका कारण सकुशल अपहरणमुक्त बनेको दंगाल बताउँछन् । दंगाल पञ्चायत बिरोधी आन्दोलनमा पनि सरिक भए । रहस्यमय दासढुंगा दुर्घटनामा मदन भण्डारीको मृत्यु भएपछि सुरु भएको आन्दोलनमा घाइते भएका थिए ।

तोडाए घेराबन्दी
गत ३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा मुलुकभर एमाले विरुद्ध घेराबन्दी थियो । तर दंगालले आफ्नो पालिकामा एमालेका उम्मेदवारलाई बिजयी गराए । एमालेका लोकेन्द्र राई अध्यक्ष र अरणा मगर उपाध्यक्षमा विजयी भए । कार्यपालिकामा एमालेको बहुमत बन्यो । जसको श्रेय दंगाललाई जान्छ ।

तपाईको प्रतिक्रिया