खोटाङ, २९ असोज । नेकपा एमाले खोटाङले जिल्ला उपाध्यक्ष देवबिक्रम राईको संयोजकत्वमा ११ सय ११ जनाको निर्वाचन परिचालन कमिटी गठन गरेको छ । मनोनयन दर्तापछि बसेको जिल्ला कमिटीको बैठकले मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन जित्नका लागि पार्टी उपाध्यक्ष राईको संयोजकत्वमा मूल निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
मूल निर्वाचन परिचालन कमिटीमा जिल्ला कमिटीका पदाधिकारीदेखि सम्पूर्ण सदस्यहरु, जिल्ला सल्लाहकार सदस्यहरु, जिल्ला लेखा आयोगका सम्पूर्ण, जनसङ्गठनका केन्द्रीय र प्रदेश सदस्यहरू, जनसङ्गठनका जिल्लाका पदाधिकारीहरू, निर्वाचन क्षेत्रीय समन्वय कमिटीका सम्पूर्ण पालिका कमिटीका सचिवालय सदस्यहरू र वडा कमिटीका अध्यक्षहरू, प्रदेश सम्पर्क कमिटीका सदस्यहरु, जिल्ला सम्र्पक मञ्चका सम्पूर्ण, निर्वाचन क्षेत्रीय सम्पर्क मञ्चका पदाधिकारीहरु, पालिका सम्पर्क मञ्चका अध्यक्षहरु तथा प्रवास कमिटीका सदस्यहरु रहेको उप–सचिव सुरेन्द्रकुमार राईले जानकारी दिनुभयो ।
यस्तै, बैठकले प्रदेशसभा निर्वाचनमा प्रदेशसभा (क) का उम्मेदवारलाई विजयी गराउन पार्टीका जिल्ला सचिवकुमारप्रसाद आचार्यको संयोजकत्वमा ७७७ सदस्यीय कमिटी निर्माण गरेको छ भने, प्रदेशसभा (ख) का उम्मेदवारलाई विजयी गराउन उप–सचिव दिपनारायण रिजालको संयोजकत्वमा ७७७ सदस्यीय निर्वाचान परिचालन कमिटीहरु निर्माण गरेको छ ।
प्रदेशसभा निर्वाचन परिचालन कमिटीमा सो क्षेत्रका जिल्ला कमिटीका सम्पूर्ण कार्यसमिति, जिल्ला सल्लाहकार सदस्यहरु, जनसङ्गठनका केन्द्रीय र प्रदेश सदस्यहरू, जनसङ्गठनका जिल्ला सदस्यहरू, निर्वाचन क्षेत्र समन्वय कमिटीका सदस्यहरू, पालिका कमिटीका सम्पूर्ण र वडा कमिटीका पदाधिकारीहरू, टोल कमिटीका अध्यक्षहरु, प्रदेश सम्पर्क कमिटीका सदस्यहरु, जिल्ला सम्र्पक मञ्चका सदस्यहरु, निर्वाचन क्षेत्रीय सम्पर्क मञ्चका सम्पूर्ण, पालिका सम्पर्क मञ्चका पदाधिकारीहरु तथा प्रवास कमिटीका सदस्यहरु रहेको जनाइएको छ ।
बैठकले एक बुथ २५ युथ परिचालन गर्ने समेत निर्णय गरेको पार्टीले जारी गरेको सर्कुलरमा उल्लेख छ । पुष्पलाल स्मृतिभवनमा अध्यक्ष सामप्रसाद दंगालको अध्यक्षतामा बसेको बैठकमा एमाले पोलिटब्यूरो सदस्य तथा पार्टी ईञ्चार्ज विशाल भट्टराइर्, केन्द्रीय सदस्य तथा सह–इञ्चार्ज उषाकला राई, केन्द्रीय सदस्य तथा खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष रमेशकुमार पौडेल तथा प्रदेश कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो । एमालेबिरुद्ध देशब्यापिरुपमा ठगबन्धन छ तर, एमाले खोटाङ आफ्नो बिरासत कायम गर्ने दाउमा लागेको छ ।
र्निाचनका लागि सम्पूर्ण कमिटी परिचालन गरेर एमाले जनताको घरदौलोमा पुगेको उपाध्यक्ष राईले बताउनुभयो । “तिहार अघि एमालेले एक सरो घरदौलो सक्ने छ र बाँकी तयारीमा लाग्ने छ । यसका लागि हामी जनताको घर घरमा खटेका छौँ”, राईले भन्नुभयो, “निर्वाचनको लागि सम्पूर्ण ब्यवस्थापकीय पाटो सकिएको छ ।”
मङ्सिर–४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाका लागि एमालेबाट विशाल भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ भने, प्रदेशसभा (क) मा पाचँकर्ण राई (पिके) र प्रदेशसभा (ख) मा रामप्रसाद दंगालले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, प्रतनिधिसभा समानुपातिकमा दलितबाट चर्चबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।