खोटाङ,१५ कात्तिक । निर्वाचनको मिति नजिकिएसँगै नेकपा (एमाले)को तर्फबाट प्रदेशसभाका उम्मेदवार रामप्रसाद दंगाल आफ्नो चुनावी एजेण्डासहित मतदाताको घरमा पुग्नु भएको छ । मनोनयन दर्तासँगै दंगाल कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा व्यस्त रहनुभएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलिडाँडामा पुगेर मतदाताको सुझाव तथा गुनासो सङ्कलन गर्नुभएको थियो । मंगलबार विहान मतदातकालाई टोलटोलमा भेटेर दंगालले आफ्ना कुराहरू सुनाउनुभएको थियो । राजनीति क्षेत्रबाट अहोरात्र खटेर जनताको मन जित्न सफल दंगाल वि.सं.२०५४ सालको स्थानीय निकायको निर्वाचनमा गाविस उपाध्यक्षमा निर्वाचित भएर जनताको सेवा गर्नुभएको थियो । दंगाल पुःन जनताबाट अनुमोदित हुनका लागि निर्वाचनमा उत्रिनुभएको हो । दंगालले जनतालाई समस्या पर्दा कुनै पनि राजनैतिक पूर्वाग्रह नराखी सहयोग गर्ने गरेको मतदाता बताउछन्। उनिहरू भन्छन्, “हामीलाई समस्या एवम् सङ्कटका बेलामा सदैब सहयोग गर्दै आइरहनुभएको छ । त्यसैले प्रदेशसभा निर्वाचनमा दंगाललाई मत दिने छौं ।”
निर्मलिडाँडास्थित मुलाबारी टोलमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी खोटाङका उपसचिव एवम् निर्वाचन परिचालन कमिटी क्षेत्र नं २ का संयोजक दीपनारायण रिजालले मतदातालाई मतशिक्षा दिनुभएको हो । पेलुङमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै दंगालले नेकपा एमालेसँग जनमत भएको र गठबन्धनसँग देश बनाउने कुनै भिजन नभएको बताउनुभयो । एमालेको पक्षमा अपुर्व लहर रहेको छ । उहाँले भन्नुभयो ।
पेलुङका मतदाता भन्छन्, स्थानीय तह निर्वाचनमा एमालेलाई पराजित गर्नुका कारण हामीले दुख पायौं तर, प्रदेशसभा र प्रतिनीधिसभाको निर्वाचनमा हामी खोटाङ्गे जनता सबै एक जुट भएर एमालेका उम्मेदवारलाई मतदान गरौं । मतदाता भन्छन् । नेकपा (एमाले) जिल्ला कमिटी खोटाङका अध्यक्षसमेत रहनुभएका दंगाल दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेमा बुवा लिलानाथ र आमा गोमादेबी दंगालको कोखबाट वि.सं. २०२९ साल चैत १४ गते जेठो सन्तानकारूपमा जन्म भएको हो ।