खोटाङ : प्रदेश `ख´ मा एमालेको निर्वाचन सम्पर्क कार्यालय स्थापना

Halesi Khabar
0 Shares

खोटाङ, १७ कात्तिक । नेकपा (एमाले) खोटाङ प्रदेश `ख´ को निर्वाचन प्रचार-प्रसार कमिटिको सम्पर्क कार्यालय स्थापना गरिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका -५ पञ्चमिमा एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवम् खोटाङ जिल्ला इन्चार्ज विशाल भट्टराईले सम्पर्क कार्यालयको स्थापना गर्नुभएको हो ।

आसन्न मंसिर – ४ गतेहुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले चुनाव प्रचार-प्रसार तथा पार्टीका गतिबिधि गर्नका लागि कार्यालयको स्थापना गरिएको निर्वाचन परिचालन कमिटीले बताएको छ ।

सम्पर्क कार्यालयको स्थापना गर्दै उम्मेदवार भट्टराईले भन्नुभयो, “विकास सुशान र समृद्धिको लागि सूर्यमा मतदान गरी विजयी गराउनहुनसमेत खोटाङ्गे जनतालाई आग्रह गर्दछु । जतिपनि विकासका कामहरु शुरु भए ती काम एमालेकै पालमा शुरु भएका हुन ।“बाँकी कामहरू पुरा गर्नकै लागि नेकपा एमालेका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा एमाले खोटाङका उपसचिव सुरेन्द्रकुमार राई सचिवालय सदस्य लोकेन्द्र राई अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य खेमराज राई युवा नेता जयराम राईको लगायतको उपस्थितिमा सम्पर्क कार्यालयको स्थापना गरिएको थियो ।

तपाईको प्रतिक्रिया