एमालेको चुनावी सभा दार्चुलाबाट सुरु, अध्यक्ष ओलीले सम्वोधन गर्दै

Halesi Khabar
0 Shares

काठमाडौं, १८ कात्तिक । नेकपा (एमाले) ले चुनावी आमसभा आजबाट सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु गर्ने भएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला पुग्दैहुनुहुन्छ । ओली बिहीबार नै धनगढी पुगिसक्नुभएको छ ।

एमालेले ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्ययका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो ।ओली नेतृत्वको सरकारले अढाइ वर्ष अघि लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको भूगोल समेटेर नक्सा जारी गरेको थियो ।
ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ । ती चुनावी सभालाई पनि ओलीले सम्बोधन गर्नुहुनेछ ।

एमाले प्रचार विभाग प्रमुख खड्क बडालका अनुसार दार्चुलाबाट सुरु हुने चुनावी अभियान पूर्वमा पुगेर टुंगिनेछ ।

तपाईको प्रतिक्रिया