नेकपा (एमाले) खोटाङको चुनावी गीत सार्वजनिक (भिडियोसहित)

Halesi Khabar
0 Shares

खोटाङ, १८ कात्तिक । आसन्न मंसिर–४ गते हुने प्रदेशसभा तथा प्रतिनीधिसभा निर्वाचनका लागि नेकपा (एमाले) खोटाङको चुनावी गीत सार्वजनिक भएको छ । “आमा बुबा दिदीबहिनी सबै दाजुभाई सूर्यमा भोट हालि जिताऔं विशाललाई, जिताऔं राम दंगाललाई, जिताऔं पीकेलाई, चर्च बिकलाई” बोलको गीत बिहीबार साँझ ६ः३० बजे साइनो टिभी अफिसियल यूट्युव च्यानलबाट सार्वजनिक गरेको हो ।

श्रष्टा प्रमोद श्रेष्ठको शब्द संयोजनमा शान्तिराम राई, मुस्कान मुकारुङ, विनुसा राई र एलिना राईको स्वर रहेको छ । गीतमा स्वयं शान्तीरामको संगीत रहेको छ । मुस्कान मुकारुङको एरेन्जमा तयार पारिएको गीतमा अनिल राईले नृत्य निर्देशन गरेका छन् । अप्ठ्यारोमा भगवान झै उत्रिन्छन् । विकासका लागि उनीहरु नै अब्बल छन् भन्ने भावको गीत आम मतदाताबीच प्रस्तुत गरिएको छ । “आमा बुबा दिदिबहिनी सबै दाजुभाई र सूर्यमा भोट हालि जिताऔं विशाललाई, जिताऔं राम दंगाललाई, जिताऔं पिकेलाई, चर्च बिकलाई” सुरुवाती लय मार्मिक छ । गीतमा “झुटो कुरा गरेर ढाँट्न सक्छन् हेर, लोभ्याउन सक्छन् है झुट्टो सपना बाँडेर । हामीहरु झुक्किनु हुन्न है, हामीहरु लोभिनु हुन्न है” भन्दै चुनाव प्रभाव पार्न सक्ने विषयमा मतदातालई सचेत गराइएको छ । गीतमा बारम्बार सूर्य चिन्हमा भोट हालौ है भन्दै अनुरोध गरिएको छ ।

एमालेलाई नै बहुमत दिलाऔँ है भन्दै पूर्वी लवज प्रस्तुत गरिएको छ । लकडाउनले थुनिदा, भोको पेट हुँदा, आँखा रसाउँछ हौ ती दिन सम्झिँदा, राहात लिएर आएको, भगवान आए झै भएको भन्दै सांसद हुँदाका बहख विशाल भट्टराईले गर्नुभएका कामको प्रसंशा गरिएको छ ।

भिडियो हेर्नका लागि तल दिइएको लिङ्कमा थिच्नुहोस्

https://youtu.be/TZx-GZJz7Jc

https://youtu.be/TZx-GZJz7Jc

तपाईको प्रतिक्रिया