खोटाङ । खोटाङमा नेपाली कांग्रेसको सिङ्गो वडा समिती एमालेमा समाहित भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेका वडा सभापती , नेपाल विद्यार्थी संघका जिल्ला सचिव राजदेश राईको नेतृत्वमा ६३ जना एमालेमा समाहित भएका हुन् ।
आइतबार बतासेमा भएको चुनावीसभामा कांग्रेस प्रदेश ‘ख’ का उम्मेदवार भूपेन्द्र राईप्रती असन्तुष्टी जनाउँदै पुर्व कार्यवाहक सभापती वडा सदस्यका उम्मेदवार तीलककुमार राई पार्टी वडा सचिव प्रेम राई वडा सह-सचिव नारायण राई ,सुरेन्द्र भुजेल अग्रज नेता महेश्वर राई वडा कार्यसमिती सदस्य सूनिल राई सदस्य म्यानबहादुर भुजेल, ओम राई राजकुमार राई रिजित राई किरण राई लगायत ६३ जना एमालेमा प्रवेश गरेका हुन् ।
यस्तै, जसपा खोटाङका जिल्ला सदस्य एवम् डाँडागाउँ वडाध्यक्षका उम्मेदवार किशोरचन्द्र राई र जसपाका नेता साजन राई एमालेमा प्रवेश गर्नुभएको हो । नवप्रवेशी वडा सभापति राई भन्नुहुन्छ, “नेपाली कांग्रेसले गरेको अन्याय र अत्याचार कै कारण म एमालेमा सम्माहित भएको हु ।’ उहाँले भन्नुभयो, “यो निर्वाचनमा गठबन्धनलाई परास्त गर्नका लागि पनि एमालेमा प्रवेश गरेको हुँ ।”
नवप्रवेशिहरूलाई नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् खोटाङ जिल्ला सह-इन्चार्ज उषाकला राई, एमाले खोटाङका अध्यक्ष प्रदेशसभा ‘ख’ का उम्मेदवार रामप्रसाद दंगाल जिल्ला उप-सचिव दीपनारयण रिजाल सुनसरी जिल्ला कमिटी सदस्य कांसिनाथ दंगाल एमाले जिल्ला कमिटी सदस्य ओम प्रकाश घिमिरे लगायतले खादा माला लगाएर स्वागत गर्नुभएको थियो ।
नवप्रवेशसिलाई योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिइने उप-सचिव रिजालले बताउनुभयो ।