तिमि र म
तिमि अन्नलाई भात भन्छौ !
तर म अन्न भन्छु ।
तिमि अघाउँदा पनि खान्छु भन्छौ !
तर म खान्न भन्छु ।
तिमी सभ्यतालाई जात भन्छौ !
तर म जातलाई पनि सभ्यता नै मान्छु ।
तिमी बिचारलाई निचोर (थिच/दबाउ) भन्छौ !
तर म बिचारलाई निकास (मिलन बिन्दु) भन्छु ।
नबेचौ न सभ्यतालाई जातसँग !
नसाटौं न अन्नलाई भातसँग ।२।
तिमी बोलीमा सभ्यता भन्छौ !
तर सभ्यताकै खिलाफ जात बेच्छौ ।२।
तिमी नाराको सभ्यता खोज्छौ !
तर म सारा (सबै)को सभ्यता रोज्छु ।२।
तिमी जातभित्रको सभ्यताको मान खोज्छौ !
तर म धेरै हातहरु सहितको सम्मान रोज्छु ।
छोडिदेउ तिमी सभ्यतालाई जातमा बाँड्न !
अनि छोडिदेउ तिमी जातको नाममा समाज भाँड्न ।२।
म सधैं लड्नेछु त्यहीँ (तिमीले चाहेकै) चिनारीको लडाईँ !
अनि सङ्गै गरौंला एकसाथ हर्ष–बढाई ।२।
तर तिमीले सभ्यता भनेको जात होईन भन्नु पर्नेछ !
तिमीले खनेको जातीय खाडल अनि मात्रै टर्नेछ ।
अनि मात्रै …. छ ।
सेवा/हौवा/फ्याफुल्ला/तारेमाम/नमस्कार !
– कुमारबाबु बस्नेत (समाजसेवी)
दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा, खोटाङ (हाल काठमाडौं) ।