कात्तिक २६, साकेला । नेपाल माओवादी केन्द्र खाेटाङका पूर्व जिल्ला सदस्य कल्याण राई सहित २१ जना नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गर्नुभएको छ ।
शनिबार साकेला गाँउपालिका आयोजित नेकपा एमालेको बृहत चुनावी सभामा एमालेका प्रमुख सचेतक तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार विशाल भट्टराईले नव प्रवेसीलाई फुलमाला र अबिर लगाई स्वागत गर्नुभएको छ ।
प्रबेश गर्नेहरूमा पालिका सदस्य जीवन राई, वडा कमिटी सदस्य सौजन राई, समीर राई,नागेन्द्र राई,सागर राई, प्रज्वल राई, बसन्त राई, जमिन राई,प्रेम राई ,कला राई, समीर राई,उसन राई , जीवन राई लगाएतले माओवादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नुभएको हाे ।
बृहत् चुनावी सभा कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य उषाकला राई,केन्द्रीय रमेश पाैडेल,केन्द्रीय सदस्य खगेन्द्र राई,एमाले १ नम्बर प्रदेश कमिटी सचिवालय सदस्य इन्द्र दंगाल,प्रदेश (ख) उम्मेदवार राम प्रसाद दंगाल र समानुपातिक प्रतिनिधि सभाका उम्मेदवार चर्च बहादुर बिश्वकर्मा लगाएत उपस्थिति रहेको थियो ।
नव प्रदेसीलाई क्षमता र याेग्यताकाे आधारमा पार्टीले उचित जिम्मेवारी दिने नेकपा (एमाले) खाेटाङका सह -सचिव तथा स्कुल बिभागका प्रमुख दिपनारायण रिजालले जानकारी दिनुभयो ।