पर्यटकीयस्थलहरुको प्रवद्र्धन एवम् विकासमा जोड दिन्छौँ : बाम–लोकतान्त्रिक गठबन्धन

Halesi Khabar
0 Shares

खोटाङ, २७ कातिक । बाम–लोकतान्त्रिक गठबन्धन खोटाङका उम्मेदवारहरुले जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलहरुको प्रवद्र्धन एवम् विकासमा जोड दिने प्रतिवद्धता व्यक्त गरेका छन् । आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी गठबन्धन गरेका नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका साझा उम्मेदवारहरुले संयुक्तरुपमा प्रतिवद्धता व्यक्त गरेका हुन् ।

विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको वैज्ञानिक र वस्तुगत समयसापेक्षित बृहत गरुयोजनासहित सम्वद्र्धनात्मक विकास गर्दै यसको धार्मिक तथा आध्यात्मिक पहिचानलाई थप निखार्ने काम गर्ने, बराहपोखरीमा जलसम्पदा बढ्ने गरी संरक्षण, सम्वद्र्धनमा ध्यान पु¥याउँदै जलाधार क्षेत्रमा बृहत्तर संरक्षणको नीति अवलम्बन गर्ने, किरात सभ्यताको उद्गम थलो तयाचुङ–जयाजुङमा भइरहेका सम्वद्र्धनात्मक कार्यहरूलाई निरन्तरता दिँदै किरात (मुन्धुम) सङ्ग्रहालय स्थापना गर्नुका साथै बृहत गुरु योजनासहित किरात धार्मिक साँस्कृतिक तीर्थस्थलको रुपमा विकास गर्ने बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले जारी गरेको प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।

रुपाकोट, हलेसी, टेम्के, बराहपोखरी, मयुङ, मझुवागढी, भुलभुले, साप्सुढाप, ढालतरवार, केपिलासगढी, धिप्लुङ झरना, बहानेपोखरी लगायतका पर्यटकीय गन्तव्यस्थलहरुको विकास गर्ने, मुन्दुम ट्रेलको विकास र प्रवद्र्धनका लागि विशेष जोड दिने, नुनथला, मुढेलगायत आसपासका फाँटिला भूभागहरुमा व्यवस्थित होटलका साथै होमस्टे, साना लज तथा सामुदायिक आवास व्यवस्थापनका लागि पर्यटन व्यवसायीहरुलाई आकर्षित गराउने, जिल्लाको उत्तरी क्षेत्रपमा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा लगायत अन्य जीवजन्तुको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा जोड दिने संयुक्त प्रतिवद्धतापत्रमा उल्लेख छ ।

बाम–लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’ तथा प्रदेशसभा (क)मा नेकपा (एकीकृत समाजवादी) पार्टीका १ नं. प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा ‘ख’मा काँग्रेस १ नं. प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई उम्मेदवार रहनुभएको छ । बाम–लोकतान्त्रिक गठबन्धनका तीनैजना उम्मेदवारहरु यतिबेला आ–आफ्नो पक्षमा माहोल बनाउन मतदाताको घरदैलो तथा चुनावीसभामा व्यस्त छन् ।

एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा बाम(लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट प्रतिनिधिसभा सदस्यमा पोलिटब्यूरो सदस्य एवम् निवर्तमान सांसद विशाल भट्टराई, प्रदेशसभा (क)मा प्रदेश समिति सदस्य एवम् संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेशसभा (ख)मा जिल्ला अध्यक्ष रामप्रसाद दंगाल चुनावी मैदानमा उत्रनुभएको छ ।

प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेसनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राई उम्मेदवारी दिनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा (क)मा स्वतन्त्रसहित आठ÷आठ तथा प्रदेशसभा (ख)मा छ जना चुनावी मैदानमा उत्रिएका छन् ।

 

तपाईको प्रतिक्रिया