दिप्रुङ चुइचुम्माका प्रमुख राई गाउँपालिका महासङ्घको सदस्यमा चयन

Halesi Khabar
0 Shares

खोटाङ, १४ चैत । दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख लोकेन्द्र राई गाउँपालिका राष्ट्रिय महासङ्घ कोशी प्रदेश कार्यसमिति सदस्यमा चयन हुनुभएको छ । बिराटनगरमा मङ्गलबार सम्पन्न महासङ्घको दोस्रो अधिवशेनले राईलाई सर्वसम्मत सदस्यमा चयन गरेको हो ।

गाउँपालिका प्रमुख राई नेकपा एमाले खोटाङका सचिवालय सदस्य हुनुहुन्छ । गाउँपालिका प्रमुख राई गाउँपालिका राष्ट्रिय महासङ्घको सदस्यमा चयन भएपछि सामाजिक सञ्जालमार्फत बधाई दिनेक्रम शुरु भएको छ ।

राजनीतिक भागबण्डाको आधारमा चयन गरिने गाउँपालिका राष्ट्रिय महासङ्घको अन्य पदाधिकारी चयन गर्न बाँकी रहेको जनाइएको छ । नेपाली काँग्रेसले अध्यक्ष र उपाध्यक्षसहित दश सदस्य, नेकपा एमालेले सचिव र सहसचिवसहित सात सदस्य र नेकपा (माओवादी केन्द्र)ले कोषाध्यक्षसहित तीन सदस्य र नेकपा (एकीकृत समाजवादी)ले एक सदस्य प्राप्त गर्नेछन् ।

महाधिवेशनले पाँच पदाधिकारीसहित २१ सदस्यीय कार्यसमिति चयन गर्ने जनाइएको छ । महाधिवेशनमा कोशी प्रदेशका ८८ गाउँपालिकाका प्रमुखहरु सहभागी भएका छन् ।

तपाईको प्रतिक्रिया