साइनबोर्ड, लेटरप्याड र छापमा कोशी प्रदेश नलेख्न यायोख्खाको आग्रह

Halesi Khabar
0 Shares

खोटाङ, २० चैत । किरात राई यायोक्खा खोटाङले साइनबोर्ड, लेटरप्याड र छापमा कोशी प्रदेश नलेख्न जिल्लास्थित सबै कार्यालयलाई आग्रह गरेको छ । अहिले प्रदेशभरका जिल्ला जिल्लामा कोशी लेखिएको बोर्ड हटाउने, लेटरप्याड जलाउने, कार्यालयहरुमा तालाबन्दी गर्ने कार्यहरुलाई मध्यनजर गर्दै जिल्ला समन्वय समिति, नगरपालिका, गाँउपालिका, वडा कार्यालयहरु, राजनीतिक दल, सबै सरकारी कार्यालय, विद्यालय तथा संङ्घसंस्थाहरुलाई कोशी प्रदेश नलेख्न आग्रह गरेको हो ।

पहिचानको आधारमा किरात प्रदेस पुनः नामकरण गर्न आग्रह गर्दागर्दै आम नागरिकको चाहाना विपरित कोशी प्रदेस लखिएको खण्डमा त्यसपछि उत्पन्न हुने घटनाको जिम्मेवार सम्बन्धित कार्यालय नै हुनुपर्ने यायोख्खाले विज्ञप्तिमार्फत चेतावनी दिएको छ । कोशी नामाकरणमा मतदान गर्नेे सांसद, मन्त्रीहरुलाई जिल्लामा अतिथिको रुपमा नल्याउन, जनआक्रोशलाई बुझेर सांसद तथा मन्त्रीहरुलाई जिल्ला प्रवेश नगरिदिन यायोक्खाले सबै पक्ष र निकायहरुलाई आग्रहसमेत गरिएको यायोख्खाका अध्यक्ष युगसन किराँतले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

किरात राई यायोक्खाका केन्द्रीय पदाधिकारी कोशी नाम राख्ने पक्षमा परोक्ष वा अपरोक्ष रुपमा उभिएर सक्रियता देखाउने किरात राई यायोक्खाका केन्द्रीय पदाधिकारीहरुलाई किरात राई यायोक्खा जिल्ला कार्य समितिको कुनै पनि कार्यक्रममा सहभागी हुन वञ्चित गर्ने तथा जिल्ला, पालिका, वडा तहमा किरात राई यायोक्खा, आदिवासी जनजाति महासङ्घ, पहिचान पक्षधर पार्टी, पहिचानको आन्दोलनमा क्रियाशील सङ्घसंस्था तथा नागरिक समाज सम्मिलित संयुक्त आन्दोलन सङ्घर्ष समिति गठनगरि आन्दोलनलाई थप सशक्त बनाउने बैठकमा निर्णय गरिएको अध्यक्ष किराँतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया